Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

जनता भ्वाइस by जनता भ्वाइस
August 25, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप–निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतादाता नामावली सच्याउने तथा दावि विरोधको समय तोकेको छ । निर्वाचन कार्यालय रामेछापले अन्तरक्रिया कार्यक्रम आयोजना गरि विवरण फरक परेका मतदाताले सच्याउन र फर्जि मतदाता भएमा दावि विरोध गर्न अनुरोध गरेको हो ।

मतदाता नामावली अध्यावधिकमा सहयोग गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले सरोकारवालासँग अनुरोध गरे ।


मृत्यु भएका ब्यक्ति समेत मतदाता नामावलीमा अध्यावधिक रहेकाले मृत्यु भएका ब्यक्तिको नाम १२ गतेदेखि १९ गतेसम्म हटाएर नामावली अध्यावधिकमा सहयोग गर्न निर्वाचन कार्यालय रामेछापले स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

मृत्यु भइसकेका ब्यक्तिको नाममा समेत पहूँचवालाले मतदान गर्नसक्ने भएकाले मृतकको नाम हटाएरमात्र मतदाता नामावली अध्यावधिक गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले फर्जि मतदाताको नामावली हटाएर वास्तविक मतदाता नामावली मात्र अध्यावधिक गर्नुपर्ने बताइन ।


रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृत्यु भइसकेका, विवाह गरेर अन्त गएका र बसाइसरी गएका ब्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिइरहनु नपर्ने बताए । मृत्यु भएको पुष्टि भएमा परिवारका सदस्य मुत्यु दर्ता गर्न नआए पनि मतदाता नामावलीबाट नाम हटाउन वडा सचिवहरुलाई प्रजिअ पहाडीले निर्देशन दिए ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रामेछाप जिल्लामा २ लाख ७८ हजार ८ सय ६७ मतदाता मध्य १ लाख १७ हजार २ सय ४२ जनाले मतदान गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

Next Post

महानगरले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने

Next Post
महानगरले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने

महानगरले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.