Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

जनता भ्वाइस by जनता भ्वाइस
August 25, 2022
in जनता स्पेसल, समाचार
0
जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।जनताको सेवाको लागि आफू चुनाव लड्ने नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने उनले बताएका हुन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् ।

नेता चौलागाई २०४८ साल देखि निरन्तर नेपाली कांग्रेसको राजनीतीमा रहेका छन् । लामो ३१ बर्षको राजनीतिमा लाभको पद नलिएका चौलागाईले यस बर्ष पटक भने संघ वा प्रदेश संसदको रुपमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । नेता चौलागाईले भने संघ र प्रदेश मध्य एकमा मेरो उम्मेदवारी रहन्छ कुनमा रहन्छ भन्ने अहिले टुंगो लागेको छैन अब छिटै टुंगो लाग्छ । तर यस पटक आफ्नो उम्मेदवारी रहने र पार्टीले पनी साथ दिने चौलागाईले बताए ।

२०४८ सालदेखि लगातार जिल्लाको राजनीतिक संगै सामाजिक यात्राको सारथिको रुपमा आफ्नो पहिचान बनाएका नेता चौलागाई आफ्नो निरन्तर प्रयास र कर्मकै कारण आम जिल्लाबासिको आशा र भरोसाको केन्द्र बन्न सफल भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरुलेनै बताउने गरेका छन् ।

चौलागाँईले भने “मेरो राजनितिक या सामाजिक यात्राका क्रममा कसैलाई सहयोग गर्नु पर्दा मैलै कैलै पनि तेरो र मेरो भनिन , नजिक र पराया भनिन । कांग्रेस र कम्युनिस्ट पनि भनिन । कसैलाई समस्या पर्दा हरेक नागरिकको सुख दु:खमा निस्वार्थ रुपमा साथ दिदै आएको छु । पार्टिगत रुपमा पनि दिएको जिम्मेवारी पुरा गर्नै कुरामा म कैले पनि चुकेको छैन ।

आफुले रोजेको समाज सेवा र राजनिति यात्रा संगै निति निर्माण गर्नै तहमा पुग्न सकियो भने मात्र त्यसले पुर्णता पाउँने र त्यो भनेको संसदनै हो । भन्ने बुझाईका साथ मैले यस पटकको निर्वाचनमा संघिय संसद वा रामेछापको प्रदेश ‘ख’को उम्मेदवारी दावि गर्ने निर्णय गरेको चौलागाईले बताए ।

कृयाशिलताका कारण सिङ्गो जिल्ला संगै मेरो क्षेत्रका अधिकाँश नागरिकहरु संग मेरो सिधा चिनजान भएकोले पनि आफ्ना लागि निर्वाचन सहज भएको चौलागाईको दावी रहेको छ ।

राजधानीबाट नजिक भएर पनि विकासमा पिछडिएको रामेछापको समृद्धिका लागि गर्नु पर्ने धेरै काम भएको र त्यसको समाधानका लागि संसदमानै पुग्नु पर्ने भएकोले आफुले यस पटक निर्वाचनमा संसदमा दावेदारी प्रस्तुत गर्न लागेको हुँ चौलागाईले भने ।

हुन त कांग्रेस पार्टि बाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका चौलागाई भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन, दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।

चौलागाँईले जिल्लामा गरेको नियमित योगदानका आधारमा उम्मेदवारी दावी गर्नु स्वभाविक रहेको कार्यकर्ताहरुको बुझाई रहेको छ । २०२६ साल भदौ ८ मा रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा जन्मेका चौलागाई नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य हुदै तेह्रौं र चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बने उनले चौधौं महाधिवेशनमा भने सर्वाधिक दोस्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

नेता चौलागाईले रामेछापका झण्डै १ सय २० भन्दा बढी बिद्यालयका २० हजार भन्दा बढी बिद्यार्थीहरुलाई कापीकलम र पोशाक बितरण गर्नका साथै जिल्लामा शब बहान समेत बितरण गरेका छन् । पार्टी नेता कार्यकर्ता तथा रामेछापका नागरिकलाई समस्या पर्दा नेता चौलागाई साथ र सहयोग गदै समाजसेवी नेताको रुपमा जिल्लामा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मंसिर ४ को चुनाबमा मेरो उम्मेद्वारी रहन्छ-झपडराज

Next Post

भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

Next Post
भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.