बागलुङ २ मा १० उम्मेदवार आकांक्षीमा देउवापत्नी सिफारिस


बागलुङ । आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् ।

प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् ।

महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेरचनसहित गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश घट्टचन, द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको बुढाले जानकारी दिए।

तपाईको प्रतिकृया दिनुहोस्