रामेछाप । तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
रामेछाप जिल्ला खाडाँदेवी गाउँपालिका वडा नं.४ पुछिघाट बस्ने अम्बर बहादुर माझिको १९ बर्षीय छोरा रामकुमार माझीको सोमबार दिउसो मन्थली नगरपालिका-७ ओडारे स्थित तामाकोशी नदिमा डुबेर मृत्यु भएको हो ।
घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।