Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१० जना मृत अवस्थामा फेला

जनता भ्वाइस by जनता भ्वाइस
September 19, 2022
in जनता स्पेसल, समाचार
0
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।

जुम्लाको गुठिचौर गाउँपालिका–१ चौतारा बस्ने ५५ वर्षीय लक्षी ऐडी सोही गाउँपालिका–४ धलमुडीस्थित तिला नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ सुन्दरटोल डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका–१ घर भएका २१ वर्षीय सुन्दर थारु सोही ठाउँस्थित पानीको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको रेसुङगा नगरपालिका–८ खानीगाउँस्थित फर्निचर गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएका ५५ वर्षीय टोप बहादुर राना आफ्नै फर्निचरभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रुकुम ९पश्चिम०को आठबिसकोट नगरपालिका–४ बिष्टगाउँ बस्ने टेक बहादुर बिष्टको १० वर्षीय छोरा विजय बिष्ट आफ्नै घर नजिकैको मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
भदौ ३१ गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त मकैबारीमा शव फेला परेको हो ।

बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा बस्ने २२ वर्षीया जुली खातुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलालीको भजनी नगरपालिका–९ पहलमान टोलस्थित नालामा सोही ठाउँ बस्ने २५ वर्षीय बिनोद राजी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भदौ ३१ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा नालाको पानीमा शव फेला परेको हो ।

झापाको झापा गाउँपालिका–३ गौरीगाउँघाटी बस्ने देवान टुडुको १४ वर्षीय छोरा विजय टुडु सोही ठाउँस्थित सडक छेउको जमेको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० पत्थरघाट दोदा नदी नजिक उखुबारीमा हाल पहिचान नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ डाडाबिचुवास्थित दोदा नदी नजिक उखुबारीमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीया महिला र अन्दाजी ३० वर्षीय पुरुषको शव आइतबार फेला परेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अस्पतालमै ब्लड बैंक स्थापना

Next Post

पुटिनले दिए सैन्य परिचालनको आदेश

Next Post
पुटिनले दिए सैन्य परिचालनको आदेश

पुटिनले दिए सैन्य परिचालनको आदेश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.