Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पितृ खुशी नभएको भन्दै कुटेर एक महिलाको हत्या, २३ जना गाउँले पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
September 26, 2022
in राष्ट्रिय समाचार, समाचार
0
पितृ खुशी नभएको भन्दै कुटेर एक महिलाको हत्या, २३ जना गाउँले पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पितृ खुशी नभएको भन्दै भेला भएका माझी समुदायको कुटपिटबाट ५५ बर्षिय बिबि माझीको हत्या भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ आइतवार भेला भएका माझी समुदायले कुटेर माझीको हत्या गरेका हुन् ।

माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए ।

डिएसपी थिङका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २३ जनालाई प्रक्राउ गरिएको छ । आफुले मृतकलाई कुटपिट नगरेको र पितृ खुशी नभएको कारण पितृले नै आएर कुटपिट गरि मारेको बयान प्रक्राउ परेका सबैजनाले दिएका छन् ।

सोह्रश्राद्ध माझि समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरुको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरुलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरिमा पितृ आउने ,त्यो बेला काम छुट्ने र परिवारको कुनै एक सदस्यको शरिरमा पस्ने गर्छ भन्ने विश्वास माझी समुदायमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ् । घाटवाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोली पल्ट एकदिन सत्कार सहित घरमा पाल्ने गरिन्छ र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने (नदीमा) चलन छ ।

नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरुको शरिरमा पितृ खुशी हुन्छन् भन्ने विश्वास माझी समुदायको रहेको छ । यो सँगै उनीहरुको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी रहे । उनीहरुले पितृले गर्दा काम्न नछोड्नुमा दोषी गाउँकै बिबि माझीको रहेको निष्कर्ष माझी समुदायले निकाले ।


त्यस पश्चात उनीहरु बिबि माझी र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा काम्दै पुगे । बिबिलाई चामलको अक्षताले हान्दै उनिहरूले कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते । उनिहरूले त्यो बिरालोलाई त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बिबिको मृत्यु भइसकेको थियो । उनीहरुले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपछि बिबि मरेकी माझी समुदायको निष्कर्ष थियो ।

छोरीको मृत्यु भएपछि उनकी आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाको बिषय स्थानियले जानकारी पाएसँगै उनीहरु घटनास्थल पुगे । घटनास्थल पुगेका स्थानियले उद्धार गर्न नसकेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।


घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरुलाई नियन्त्रण लिन सकेन । बल्लतल्ल प्रहरीको दोश्रो प्रयासमा सुनमायाको उद्धार गर्न सफल भयो । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।


शरिरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफुहरुलाई केही थाहा नै नभएको प्रहरी समक्ष बताएका छन् । उनीहरुले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरुले पितृ आफ्नो शरिरमा चढेपछि आफुहरुलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरु अनविज्ञ रहेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बागमती प्रदेश सदस्य रीता माझी राप्रपा छाडेर राप्रपा नेपाल प्रवेश

Next Post

रामेछापको सित्खामा हत्या प्रकरणः पक्राउ पर्ने २३ जना (नामसहित)

Next Post
रामेछापमा म्यादी प्रहरीको लागि १ हजार बढिको आवेदन : कतिले पाउँछन् जागिर ?

रामेछापको सित्खामा हत्या प्रकरणः पक्राउ पर्ने २३ जना (नामसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.