Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जितपछि विकासको उपहार लिएर आउने गठबन्धन उम्मेद्वार ‘कान्छाराम’को प्रतिबद्धता

जनता भ्वाइस by जनता भ्वाइस
October 22, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जितपछि विकासको उपहार लिएर आउने गठबन्धन उम्मेद्वार ‘कान्छाराम’को प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ-गाउँ आउने बताएका छन् ।

शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) मा युवराज चौलागाईंलाई अत्याधिक मत दिएर जिताउन आग्रह गर्दै गाउँ(गाउँमा विकासको उपहार लिएर आउने प्रतिबद्धता जनाएका हुन् ।

बिगत एक दशक भन्द लामो समय देखि आफू जिल्लाका सबै भुभागमा पुग्दा त्यहाका समस्यासँग आफू जानकार रहेको बताउँदै समग्र जिल्लाको समस्यालाई निर्वाचित भएपछि समधान गर्ने योजना आफूसँग रहेको पनि उम्मेद्वार तामाङले बताए

मंसिर ४ को निर्वाचनमा आफूले एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्ने दाबी समेत उनले गरे । त्यस्तै रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप प्रदेश सभा (क) लाई बिकास गर्न प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतलाई‌ समुचित रुपमा‌ प्रयोग गरेर समृद्ध बनाउन सकिने योजना सहित आफू उम्मेद्वार भएको बताउँदै आम मतदाताई जिताउन आग्रह गरे ।

नेपाली काँग्रेस गोकुलगंगा- १ चुचुरेका वडा सभापति धनकुबेर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुबहरी ढुंगेल, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य प्रेम कुमार कार्की (सेवक), नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतले धारणा राखेका थिए ।

त्यस्तै शनिबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य भिमसेन बस्नेत, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँपालिका वडा नं १ वडा कमिटीका अध्यक्ष अमृत कार्की लगायतले धारणा राखेका थिए ।

आइतबार गोकुलगंगाको ठोसे र रस्नालुमस कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मतदाताहरुका आशाका किरण बन्दै ‘कान्छाराम’

Next Post

एमालेबाट पुन: माओवादी मै फर्किए निबर्तमान वडाध्यक्ष श्रेष्ठ

Next Post
एमालेबाट पुन: माओवादी मै फर्किए निबर्तमान वडाध्यक्ष श्रेष्ठ

एमालेबाट पुन: माओवादी मै फर्किए निबर्तमान वडाध्यक्ष श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.