एमालेबाट पुन: माओवादी मै फर्किए निबर्तमान वडाध्यक्ष श्रेष्ठ


रामेछाप । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका मन्थली नगरपालिका वडा नं १ का निवर्तमान वडाध्यक्ष नारायणदाश श्रेष्ठ माओवादी मै फर्किएका छन् ।

शनिबार गोकुलगंगा गाउँपालिक-१ चुचुरेमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको वडा स्तरीय चुनावी सभामा श्रेष्ठ माओवादीमा फर्केका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पुर्व गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले पार्टीमा प्रवेश गराएका छन् । उनि बैशाख ३० को स्थानीय तहको निर्वाचन ताका एमालेमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिकृया दिनुहोस्