Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा

Kumar Shrestha by Kumar Shrestha
August 29, 2019
in समाचार
0
जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुलिङटार , भदौ ९ ।
कालिगण्डकी नदिबाट अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकास गर्ने चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिङटार गाउँपालिका स्थित नदिबाट अबैध रुपमा बालुवा निकाल्दै गरेका ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालुवा चोरी निकासी गर्दै गर्दा गाउँपालिकाको सदस्य देखी नेपाली कांगे्रस बुलिङटार गाउँपालिका सभापतीको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिटङटार गाउँपालिका वडा नम्बर तीनका वडा सदस्य विष्णुविर जर्गामगर र नेपाली कांगे्रसका बुलिङटार गाउँपालिका सभापती चन्द्र बहादुर लम्कान मगरको ट्याक्टर समेत नदिजन्य पदार्थ चोरी निकासीको क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले लु ३ त ६२ ३५ , लु ३ त ९२०१, लु ३ त ६०२४ र लु ४ त २३१३ नम्बरका ट्याक्टरलाई अवैध रुपमा खोलाबाट नदिजन्य पदार्थ चोरी निकासी गर्दै गर्दा नियन्त्रणमा लिएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो । नियन्त्रणमा लिईएको लु ४ त २३१३ नम्बरको ट्याक्टर वडा सदस्य विष्णुविर जर्गामगर को र लु ३ त ९२ ०१ र लु ३ त ६२ ३५ नेपाली कांगे्रसका गाउँपालिका सभापती चन्द्र बहादुर लम्कान मगरको ट्याक्र रहेको प्रहरीले जनाएको छ ।
बुलिङटार प्रहरीले थप कार्वाहीका लागि गाउँपालिकामा बिवरण पठाईसकेको सहायक निरीक्षक सापकोटाले बताउनुभयो । ट्याक्टर भने बुलिङटार प्रहरीको नियन्त्रणमा रहेको छ । गाउँपालिकाले नदिजन्य पदार्थ चोरी निकासीमा प्रयोग हुने ट्याक्टरलाई पन्ध्र हजार र संलग्न चालकलाई दश हजार गरि २५ हजार जरिवाना गर्ने नियम यस अघिनै बनाएको जनाएको छ । पहाडी क्षेत्रमा पर्ने यस क्षेत्रमा प्रहरीको उपस्थिति कम हुदा र जनप्रतिनीधिले बेवास्था गर्दा कालिगण्डकी नदिबाट अवैध दोहन बढेको स्थानीयले बताएका छन् ।
स्रोत:रेडियो कावासोती

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पार्किङमा राखेको ट्रकमा आगजनी

Next Post

समाजलाई हामीले बनाउने हो स्वस्तिमा

Next Post
समाजलाई हामीले बनाउने हो स्वस्तिमा

समाजलाई हामीले बनाउने हो स्वस्तिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.