Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समाजलाई हामीले बनाउने हो स्वस्तिमा

Milan Ghimire by Milan Ghimire
August 27, 2019
in फिचर, मनोरञ्जन, विचार
0
समाजलाई हामीले बनाउने हो स्वस्तिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्तिमा

सिर्जना दुवाल श्रेष्ठ भाद्र १०

करियर सुरु गर्ने क्रममै स्वस्तिमाले निर्देशक निश्चल बस्नेतसँग विवाह गरिन् । विवाहपछि नायिकाहरूको करियर र चार्म समाप्त हुन्छ भन्ने मानसिकता बोकेका धेरै चलचित्रकर्मीले स्वस्तिमाको करियरमा पूर्णविराम लाग्ने शंका गरे । यद्यपि ती सबै कुराको ठीक उल्टो भयो स्वस्तिमाका चलचित्रको करियरमा । एकपछि अर्को राम्रो ब्यानरमा काम गरिरहेकी स्वस्तिमालाई अविवाहित नायिकाहरूसँग तुलना गर्ने हो भने पनि उनी एक कदम अगाडि नै देखिन्छिन् ।

म्युजिक भिडियो, मोडलिङ, विज्ञापन आदि सबै क्षेत्रमा छाएकी छिन् स्वस्तिमा । उनलाई पनि धेरैले अब तिम्रो करियर माथि जान कठिन हुन्छ भनेका थिए स्वस्तिमा भन्छिन्–आफैलाई पनि ल अब मैले काम पाउँदिन कि भन्ने लाग्थ्यो । तर मलाई लाग्छ यो मानसिकता समाजले भन्दा पहिले हामी कलाकार स्वयंले बनाएका रहेछौं–मेरो विवाह भयो, अब मैले काम पाउँदिन, मेरा प्रशंसक घट्छन् भन्ने मानसिकता ।

कलाकारको धर्म भनेको राम्रो अभिनय गर्ने, राम्रो चलचित्र दिने हो । प्रशंसकहरूलाई उसको विवाह हुनु वा नहुनुसँग मतलब हुँदैन, काम राम्रो हुनुपर्छ ।

४ वर्षको चलचित्र यात्रामा उनले जम्मा ७ वटा मात्र चलचित्रमा काम गरेकी छिन् । स्वस्तिमा भन्छिन्– चित्तबुझ्दो छ भने वर्षमा ४ वटा चलचित्रमा पनि काम गर्छु तर राम्रो अफर आएन भने २ वर्षमा एउटै चलचित्रमा पनि देखा पर्दिन ।

उनका लागि चलचित्र राम्रो भन्नुको अर्थ कथासँगै राम्रो टिम पनि हो । केही समयअघि प्रदर्शनमा आएको बुलबुलमार्फत श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा अवार्ड प्राप्त गरेकी स्वस्तिमाले यसपटकको राष्ट्रिय पुरस्कारसमेत हात पारिन् । भर्खरै रिलिज भएको हजार जुनीसम्ममा काम गर्दा आफूलाई विशेष सन्तुष्टि मिलेको स्वस्तिमाले बताइन् ।

सफलताको रहस्य

स्वस्तिमाको एउटा प्लस प्वाइन्ट भनेको उनको कुनै पनि काममा श्रीमान्को हस्तक्षेप नहुनु हो । विवाहित भएर पनि उनी एक्लै काम गर्छिन् । श्रीमान्मा कहिल्यै सुटिङमा सँगै आउने, अन्तर्वार्ता, फोटोसुट आदिमा सँगै जाने वा शंका गर्ने बानी नभएकाले पनि विवाहपछि स्वस्तिमाले स्वतन्त्रतापूर्वक काम गर्न पाएकी छिन् र उनको सफलताको मुख्य रहस्य पनि यही हो ।

मन परेको चलचित्र र कलाकार स् स्वस्तिमालाई अहिलेसम्म हेरेका चलचित्रमध्ये सबैभन्दा मन परेको चलचित्र सेतो सूर्य हो भने मेनुका प्रधान, दिया मास्के, विपिन कार्की, दयाहाङ राई तथा सौगात मल्ल उनलाई मनपर्ने कलाकार हुन् ।

सम्बन्ध सुमधुर राख्न

विश्वास, समझदारी एवं एक–अर्काको कामको सम्मान भयो भने सम्बन्ध बिग्रन सक्दैन ।

तस्बिर महेश प्रधान, पहिरन मञ्जु ढकाल, ड्रिम वेयर बुटिक, कुपण्डोल

मेकअप तथा हेयर अम्बु रुचाल, मिरर ब्युटिपार्लर, कमलपोखरी

एसेसरिज जीवा ज्वेलरी, नक्साल, लोकेसन रानीबारी, सामाखुसी

साभार : narimag

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनप्रतिनीधिकै ट्याक्टर नदिजन्य पदार्थ चोरीमा

Next Post

मोटरसाइकल चोर्ने रामेछापका दुई जना हत्कडी खोलेर फरार

Next Post
मोटरसाइकल चोर्ने रामेछापका दुई जना हत्कडी खोलेर फरार

मोटरसाइकल चोर्ने रामेछापका दुई जना हत्कडी खोलेर फरार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.