Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मोटरसाइकल चोर्ने रामेछापका दुई जना हत्कडी खोलेर फरार

Milan Ghimire by Milan Ghimire
August 27, 2019
in जनता स्पेसल, समाचार
0
मोटरसाइकल चोर्ने रामेछापका दुई जना हत्कडी खोलेर फरार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
१० भदौ

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । रामेछापको लिखु तामाकोशी १ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् । प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो । पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेको जनाइएको छ ।

‘बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएका रहेछन्’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशीलसिंह राठौरले भने, ‘सूचना प्राप्त भएलगत्तै खटिएको टोलीले नेपालीलाई चाहिँ पक्राउ गर्न सफल भएको छ ।’ नेपाली थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएको उनले बताए । पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।

साभार onlinekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

समाजलाई हामीले बनाउने हो स्वस्तिमा

Next Post

चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु,

Next Post
उमाकुण्डमा चट्याङ लागेर एक जनाको ज्यान  गयो

चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.