Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मातृ शिशु स्वास्थ्य कार्यक्रम अपारदर्शी भएको भन्दै सरोकारवाला द्वारा बहिस्कार

जनता भ्वाइस by जनता भ्वाइस
December 29, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
मातृ शिशु स्वास्थ्य कार्यक्रम अपारदर्शी भएको भन्दै सरोकारवाला द्वारा बहिस्कार
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।  जिल्लामा सञ्चालित मातृ शिशु स्वास्थ्य कार्यक्रम (वन हर्ट वल्ड वाइट) अपारदर्शी भएको भन्दै सरोवारवालाहरुले बहिस्कार गरेका छन् । सन् २०१८ देखी स्वास्थ्य कार्यालय रामेछापको मातहतमा रहेर आयोजना सञ्चालन भएको आयोजकले दावी गरेको भए पनि सरोकारवाला निकाय संग कुनै प्रकारको समन्वय नभएको सरोकारवाला निकायले दावी गरेको छ । मातृ शिशु स्वास्थ्य कार्यक्रमका प्रमुख राजेश लोहोनीले प्रस्तुत गरेको विवरण चित्त बुझ्दो नभएको भन्दै सरोकारवाला निकायहरुले कार्यक्रम बहिस्कार गरेको हो ।

जिल्ला समन्य समितिका सयोजक आयोजनाको अध्यक्ष रहने कानुनी ब्यवस्था रहेको छ । आयोजनाको अध्यक्षलाई समेत जानकारी नगराई कार्यक्रम शुरु गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख चिना कार्की (खड्का)ले कार्यक्रम छाडेर हिडेपछी पत्रकार र सरोकारवाला निकायले गरेको प्रश्नको जवाफ नआएपछी कार्यक्रम स्थगित भएको हो ।

मातृ शिशु स्वास्थ्य कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति रामेछापका सयोजक चिना कार्कीले आफुलाई सानो कार्यक्रम रहेकोले भन्दै सभाहलमा बोलाएपछी आफु उपस्थित हुन साथ कार्यक्रमको अध्यक्षता गराएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गराउन साथ कार्यक्रमको र आयोजनाको विषयमा आफुले बुझ्न खोज्दा सहि जवाफ आयोजना प्रमुखले नदिएपछी करडौं रकमको लगानीमा भएको कार्यक्रम सम्पन्न भएको भन्दै आफ्नो अध्यक्षतामा कार्यक्रम गर्न नसक्ने उहाँले बताउनु भयो ।

समन्वय समितिका प्रमुख कार्कीले भन्नु भयो ३ करोड १९ लाख ६३ हजार ३ सय ३९ रुपैंया बराबर रकम खर्च गरेको कार्यक्रम प्रमुखले विबरण पेश गरेपछी आफु विना जानकारी कार्यक्रममा बस्न उपयुक्त नभएको भन्दै कार्यक्रम छाडेर हिडेको बताउनु भयो । आयोजकले गाउँपालिका, नगरपालिका लगाएत संघ संस्था संग सहकार्य गरेर काम गरेको दावी गरेपछी गाउँपालिकाका जनप्रतिनिधि र सम्बन्धीत सहकार्य गरेको संस्थाका प्रतिनिधि नराखी कार्यक्रम समापन गर्न आफु नसक्ने भन्दै गाउँपालिका जनप्रतिनिधि लगाएत सम्बन्धीत संघ संस्थाका प्रमुखहरुलाई कार्यक्रममा समाबेश गर्न आफुले सुझाब दिएको समन्वय प्रमुख कार्कीले बताउनु भयो ।

गाउँपालिकाका लगाएत सम्बन्धीत संघ संस्थाकाप्रमुखहरु सहित बसेर कार्यक्रमको पारदर्शीताको विषयमा छलफल गरेर मात्र कार्यक्रम समापन गर्न सकिने समन्वय प्रमुख कार्कीले बताउनु भयो ।
समन्य प्रमुख संगै पत्रकार महासंघ लगाएत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले पनि कार्यक्रम पारदर्शी नभएको भन्दै कार्यक्रम छाडेर कार्यक्रम तत्काल स्थगित गर्न माग गर्दै कार्यक्रम बाट बाहिरिएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले भने स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम आफुले गरेको दावी गरे पनी आयोजना प्रमुखले त्यो औचित्य हिन दावि प्रस्तुत गर्नु भयो । पारदशीताको विषयमा कुरा गर्दा जवाफ आउदैन त्यसकारण विना छलफल कार्यक्रम सम्पन्न भएको आफुहरुले भन्न नसकिने हुदा कार्यक्रम स्थगित गर्न भन्दै आफुहरु कार्यक्रम छाडेर हिडेको बताउनु भयो ।

स्वास्थ्य कार्यलय मार्फत कार्यक्रम सञ्चालन भएको भए पनि आयोजनाकोे विषयमा आफुलाई खासै जानकारी नभएको स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिनु भयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका जीवन कार्की राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित

Next Post

‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई

Next Post
‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई

‘रारा राष्ट्रिय म्युजिक अवार्ड’जिल्लाका आधा दर्जन कलाकारलाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.