Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार भेटघाटमै सिडियो निरौलाले सिकाइन् पत्रकारिता

Kumar Shrestha by Kumar Shrestha
April 3, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
पत्रकार भेटघाटमै सिडियो निरौलाले सिकाइन् पत्रकारिता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेर आइपुगेकी प्रजिअ अनिता निरौलाले पत्रकारलाई कसरी पत्रकारिता गर्ने भन्ने सिकाएकी छिन् । पत्रकार भेटघाट कार्यक्रममा बोलाएर प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारलाई पत्रकारिता पढाएकी हुन् ।
आइतबार बिहान १० बजे पछाडि गरिएको निर्देशनात्मक अनुरोधलाई आधार मानेर समय व्यवस्थापन गरी पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । पत्रकारहरू समयमा नपुगेको भनेर प्रजिअ निरौला आक्रोशित भइन् । उनले पत्रकारहरू कार्यालयमा पुग्नु बित्तिकै भनिन्– “म समय मै चल्ने मान्छे हु । पत्रकार पनि समय मै चल्नुपर्छ । हामीले समयको महत्व बुझ्न जरुरी छ । जिल्लाका सबै कार्यक्रममा म समयमै पुग्छु । कार्यक्रम समयमै हुनुपर्छ । उनीले १ बजे राखिएको पत्रकार भेटघाट कार्यक्रममा समेत पत्रकारहरु समयमै नआइपुगेको भन्दै आक्रोश पोख्न भ्याइन् ।
उनले पत्रकार भेटघाट कार्यक्रममा आफू पूर्व पत्रकार भएकोले आफूलाई पत्रकारिताको बारेमा सबै ज्ञात भएको बताइन् । प्रजिअ निरौलाले आफूले पत्रकारलाई किन बोलाएको हुँ भन्ने विषय नै भुलेर समाचारको हेडलाइन कसरी लेख्ने, पत्रकारले के के गर्नुपर्छ र पत्रकारले के के बुझ्नुपर्छ भन्दै प्रशिक्षण दिन समेत भ्याइन् ।
पत्रकारहरुले जिल्लामा भएका समस्या र चुनौतीको बारेमा उठाएका विषयमा उनले कुनै ख्याल राखिनन् । पत्रकारले उठाएको विषयलाई समेत प्रजिअ निरौलाले बेवास्था गर्दै पत्रकारले सत्य समाचार के हो बुझ्न र लेख्न जरुरी रहेको भन्दै निर्देशन दिइन् । आपूmले बोल्ने समयअवधि भरि उनी निर्देशन दिनमै व्यस्त बनिन् । पत्रकारले उठाएका विषयहरू आपूmले डायरीमा टिपेर राखेको र यसको बिषयमा म पछि सकेको पहल गर्छु भनेर टारिन् ।
पत्रकारहरुले हाइड्रोको आतंक, फितलो बजार अनुगमन, आत्महत्या बढ्नुको कारण, एअरपोर्ट ब्यवस्थापन, रामेछाप–दोलखा र सोलु–रामेछापको सिमाक्षेत्र बिबाद, टाइमकार्डले यात्रुले भोगेको मार लगायतका बिषयमा आफूले केही भन्ने भन्दा पनि सक्ने जति गर्ने भन्दै फितलो जवाफ दिइन् । रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर आएकी प्रजिअ निरौला यस अघि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवारमा कार्यरत थिइन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गौरिशंकर बहुमुखि क्याम्पस सन्चालक समितिको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

Next Post

सहकारी संघहरूले आयोजना गरेको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

Next Post
सहकारी संघहरूले आयोजना गरेको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

सहकारी संघहरूले आयोजना गरेको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.