Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहकारी संघहरूले आयोजना गरेको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

Kumar Shrestha by Kumar Shrestha
April 3, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
सहकारी संघहरूले आयोजना गरेको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला स्थित सहकारी संघहरूले आयोजना गरेको शेयर सदस्यहरुबिचको खुल्ला दौड प्रतियोगितामा नवजागरण वचत तथा ऋण सहकारी संस्थाले सबै स्थान ओगटेको छ ।

नवजागरण वचतका शेयर सदस्यहरु क्रमशः मनोज श्रेष्ठ, विपुल रोक्का र प्रकाश कार्की प्रथम द्धितिय र तृतिय भएका भए ।साथै भु पु सैनिक साकोसका भरत खत्री र कुमार थापाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई क्रमश ५ हजार , ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोथियो भने सान्त्वना हुने दुई जनालाई नगद रु १/१ हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा ४४ जनाको सहभागिता रहेको थियो ।

सो अबसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा प्रभातफेरी सहित शेयर सदस्यहरु विच ३ किलोमिटर खुल्ला दौड प्रतियोगिता,रक्तदान र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।

सोमवार विहान भएको प्रभातफेरी कार्यक्रमका लागि जम्मा भएका शेयर सदस्य एबं सहकारी सञ्चालकहरु मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा पुगेर कोण सभा सँगै रक्तदान कार्यक्रममा सरिक भएका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षता र जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि कार्की, बिषेश अतिथि प्रेम बहादुर थापा, जिल्ला वचत संघका अध्यक्ष जेएन दाहाल, बहुउद्धेश्यीय सहकारीका अध्यक्ष चन्द्र मानन्धर, कृषि सहकारीका अध्यक्ष कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,जिल्ला समहकारी संघका उपाध्यक्ष्य श्याम थापा लगाएतले आ आफ्नो मन्तब्य राख्दै सहकारी दिवसको महत्वका वारेमा चर्चा गरेका थिए । सो अवसरमा भएको रक्तदान कार्यक्रममा २७ जना शेयर सदस्यहरुले रगत दान गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकार भेटघाटमै सिडियो निरौलाले सिकाइन् पत्रकारिता

Next Post

गृहमन्त्री र सचिवले ३२ वर्षदेखि मनोमानी रूपमा गर्दै आएको खर्च प्रावधान खारेज

Next Post
भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन मिटरब्याजी पीडितलाई गृह मन्त्रालयको आग्रह

गृहमन्त्री र सचिवले ३२ वर्षदेखि मनोमानी रूपमा गर्दै आएको खर्च प्रावधान खारेज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...