काठमाडौं । रामेछापका कलाकार समाजले नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
आज काठमाडौंको अनामनगरस्थित किम्ची क्याफेमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप सॅास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले कार्यक्रमबारे जानकारी दिए ।
रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको हो । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको छ ।
रामेछाप साँस्कृतिक कलाकार समाजले रामेछाप–काठमाडौं साहित्य समाजको सहकार्यमा गर्न लागेको साँस्कृतिक कार्यक्रमको मिडिया पार्टनर रामेछाप –काठमाडौं पत्रकार समाज रहेको छ । वैशाख ९ गते आयोजना गरिने सो साँस्कृतिक कार्यक्रमा रामेछापबाट निर्वाचित साँसदलाई सम्मान गरिने, रामेछापका विशिष्ठ स्रष्टालाई सम्मान गरिने र संस्थागत कलाकारलाई सम्मान गरिनेसमेत कार्यक्रम रहेको जनाइएको छ ।