Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागीले खरानी बनायोे लालबहादुरको सपना

Kumar Shrestha by Kumar Shrestha
April 29, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
आगलागीले खरानी बनायोे लालबहादुरको सपना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । घरको पेटीमा गालामा हात लगाएर बसेका भेटिन्छन लालबहादुर ।घरि जुनारको बगानमा पुग्छन। घरि सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमा चहार्छन ।जुनारको बोट सँग लुकामारी खेल्दै रमाउँदै आएका उनको दिनचर्या अहिले आगलागिले खरानी बनाएको जुनार, घरको पेटीमा र सहयोग माग्दै सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमै बितेको छ ।
उनि जुनार कृषक मात्रै होईनन । व्यवसायी पनि हुन । दिविनी कृषि तथा उन्नत पशुपालन फार्म मार्फत जुनार खेतिमा आफूलाई हिरो बनाउने कोसिस गर्दै आएका लालबहादुर तामाङलाई आगलागिले ’जिरो’ मा ल्याई पुर्याएको छ ।
जुनार खेतिबाट नै जिविकोपार्जन गर्दै आएका लालबहादुर आफू सडकमा आएको बताउँछन । लालबहादुर भन्छन– लाखौँ आम्दानी दिने बंगैचा डढेर सकियो । सन्तानको लालनपालन, शिक्षा–दिक्षा तथा परिवारको रासन–पानीका लागि पनि अब कुनै विकल्प रहेन मेरो ।
रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका तामाङको जुनार बगैँचा सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायिक वनमा लागेको डढेलोने सखाप बनाईदियो । लालबहादुर तमाङको जुनार बगैचा सँगै फत्तबहादुर खड्काको १ रोपनीमा रहेको जुनार बगैचा समेत आगलागिमा पर्यो ।
जुनारको चिचिला सँग खेल्ने यो बेलामा लाबहादुर तामाङ र फत्तबहादुर खड्का पुरपुरोमा हात लगाएर बस्न बाध्य भएका छन ।आगोलागिका कारणबाट ओख्रेनीका यी दुई किसानले आफ्नो आम्दानीको स्रोत सबै गुमाएका छन ।
फत्तबहादुरकी छोरी सरु खड्का आफ्नो आमाबाबुको सपना भरोसा सबै आगलागीले खरानी बनाएको बताउँछिन । उनि भन्छिन – मेरो बाबा आमाको मेहेनत र बुढेसकालको बाँच्ने आधार क्षण भरमै सकियो । त्यही जुनारबाट भएको आम्दानीले बुढेशकालको जोहो गर्ने मेरो आमाबाबाको सपनाको अब के हुन्छ ?
यता जुनार कृषक लालबहादुर यत्तिको नोक्शान हुँदा समेत आफूलाई कुनै सम्बन्धित निकायले वास्ता नगरेको बताउँछन । उनि भन्छन– ‘घर, गोठ जल्दा सम्बन्धित निकायबाट राहत पाईन्थ्यो । चामल, भाँडाकुँडा, लुगाफाटो दिनेको ओइरो लाग्थ्यो ।मेरो त जुनारको बोट जल्यो । जिवीकोपार्जन गर्ने बाटो बन्द भयो । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत सबैले केही गर्न सकिँदैन भन्छन् । यो मेरो करोडौंको क्षेती हो ।’
व्यावसायिक रूपमै फलफूल खेती गर्दै आएका लालबहादुरको ३२० बोट जुनार, १६ बोट कागती, जापनिज हलुवाबेत, जापनिज नास्पाती, रैथाने नास्पाति, आँप लगायतका उत्पादन दिदै आएका फलफूल डढेर नष्ट भएका हुन् । लालबहादुरका अनुसार एक बोट जुनारबाट कम्तीमा ५ हजारको आम्दानी हुन्थ्यो । वार्षिक ८ लाख देखि १० लाख रुपैयाँको आम्दानी गर्ने बगैँचा जलेपछि उनी अहिले पीडामा छन ।
तमाङ र खड्काको पीडामा केहि हद सम्म भए पनि मल्हम लगाउने योजना रामेछाप नगरपालिकाको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपाने भन्छन– विपद व्यवस्थापन समितिको बैठक बसेको छैन । बैठक बसेर निर्णय गरेपछि मात्रै के–कति सहयोग गर्ने भन्नेबारे बोल्न सकिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई रामेछापका प्रमु थीरलाल गैरे पनि केहि सहयोग गर्न सक्ने बताउँछन – उनि भन्छन – पीडितको माग र नगरपालिकाको सिफारिसको आएमा अन्य कृषकको योजनाबाट कटौती गरेर भए पनि केहि बजेट व्यवस्थापन गर्न सकिन्छ । तर हामीले दिएको बजेटलाई ५० प्रतिशत मानेर उहाँले पनि कम्तीमा त्यति लगानी गर्नु पर्छ ।
कार्यविधि अनुसार रोपनीको १ हजार ५ सय सहयोग गर्न सकिने कृषि ज्ञानकेन्द्र रामेछाप–दोलखाकी प्रमुख निर्मला गुरुङ बताउँछिन । गुरुङ भन्छिन– लालबहादुरजीको १६ रोपनी क्षेत्रफलको जुनार खेति जलेर नष्ट भएको छ । तसर्थ उहाँले माग गरेको खण्डमा कार्यविधि अनुसार उहाँलाई २२ हजार ५ सय सहयोग गर्न सकिन्छ ।तर पालिकाले सहयोग गरेमा कृषि ज्ञान केन्दले सहयोग गर्न मिल्दैन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थलीमा संचालित तीन वटै डेरी कारवाहिमा

Next Post

काँग्रेसका नेता श्रेष्ठको फेसबुक ह्याक, ठगिए बोहोरा

Next Post
काँग्रेसका नेता श्रेष्ठको फेसबुक ह्याक, ठगिए बोहोरा

काँग्रेसका नेता श्रेष्ठको फेसबुक ह्याक, ठगिए बोहोरा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.