Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा संचालित तीन वटै डेरी कारवाहिमा

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको मन्थलीमा संचालनमा रहेका सबै डेरी लाई जरिवाना गरीएको छ । डेरीले मनोमानी गरेको व्यापक गुनासोका आधारमा स्थानीय प्रशासनले शुक्रबार अनुगमन गर्दा डेरीले बजारमा पठाउने दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा संचालित तीन वटै डेरी कारवाहि परेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दुध शुक्रबार आकस्मिक रुपमा परिक्षण गराएको हो । परिक्षणमा हाल सम्म मन्थलीका डेरी जरिवानामा परेका थिएनन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको दुध परिक्षण गरीएको हो । परिक्षणमा न्यून गुणस्तरको दुध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको हो । यस पछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारवाहि गर्ने चेतावनि पनि प्रशासनले दिएको घिमिरेले वताए ।

रामेछापमा रहेका डेरीले केहि दिन अघी उपभोक्ताको हित प्रतिकुल हुने गरी दुध दहि, ध्यू को मूल्य वृद्धि गरेका थिए । उक्त मूल्य प्रति उपभोक्ताको गुनासो स्थानीय प्रशासनमा पुगेपछि सर्व पक्षिय भेला वसेर मूल्यमा पुनारावलोकन गरिएको थियो । डेरीले गाईको दुध प्रति लिटर १ सय र भैंसीको दुध प्रति लिटर १ सय २० रुपैया निर्धारण गरेका थिए ।

निमित्त प्रजिअको संयोजकत्वमा वसेको बैठकले गाईको दुधको मूल्यमा ५ रुपैया घटाउने निर्णय गरेको थियो । तर उपभोक्ताले भने उक्त मूल्य पनि अधिक रहेको गुनासो गर्दै आएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सत्य-तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

Next Post

आगलागीले खरानी बनायोे लालबहादुरको सपना

Next Post
आगलागीले खरानी बनायोे लालबहादुरको सपना

आगलागीले खरानी बनायोे लालबहादुरको सपना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.