रामेछाप । नेपाली काँग्रेस रामेछापको नेता झनक श्रेष्ठको फेसबुक एकाउन्ट ह्याक हुँदा दोभानचौर खबरका प्रकाशक सागर बोहोरा ठगिएका छन । ह्याकरले बोहोरालाई म्यासेज गरेर ‘सहयोग गर्नुस’ भन्दै पैसा मागेको पाईएको छ । बोहोरा भन्छन् :- “दाइको आइडी ह्याक भएको छ। कोहि न फस्नु होला। म फसे, भाइ मलाई अति आवश्यक भयो अहिले तुरुन्तै ईसेवामा जति छ हाल्देउन भन्नुभयो। साच्चै दाइलाई अप्ठ्यारो परेछ भनेर हाल्देको पहिलो पटक ५ सय मात्र भएछ। भाइ प्लिज दिउसो फिर्ता गर्छु भनेर भनेपछि अप्ठ्यारो पर्यो भनेर हाल्दिए दाइ आयो भनेर फोन गरेको आइडी पो ह्याक रे।”
बोहोराले ईसेवा आईडी ९८२९४५३३१९ मार्फत पैसा पठाएका हुन ।
यस्तो ठगिबाट जोगिनका लागि नागरिकहरू सचेत रहन नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले अनुरोध गरे । नयाँघरे भन्छन-कसैले सहयोग मागि हाले पनि सम्बन्धित ब्यक्तिलाई सिधै फोन गरेर सोधेर मात्रै सहयोग गर्नुहोला ।
नेता झनक श्रेष्ठले कोहि कसैलाई आफूले म्यासेज नगरेकोले पैसा नपठाउन आग्रह गरेका छ । श्रेष्ठ भन्छन- अरु साथिहरूलाई समेत ह्याकरले म्यासेज पठाएको रहेछ । त्यसैले साथिहरू सचेत हुनुहोला । मैले कसैलाई म्यासेज गरेर सहयोग मागेको होईन ।