Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खानेपानीको मूल्य घटायो मन्थली सामुदायिक खानेपानी समितिले

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2023
in जनता स्पेसल, समाचार
0
खानेपानीको मूल्य घटायो मन्थली सामुदायिक खानेपानी समितिले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको न्यूनतम मूल्य घटाएको छ । हाल मासिक धारा महसुल न्यूनतम ६ सय लिदै आएको उक्त समितिले आउदो श्रावण देखि लागू हुने गरी मासिक शूल्कमा १ सय घटाएर ५ सय कायम गर्ने निर्णय गरेको हो । शनिबार मन्थलीमा सम्पन्न समितिको २१ औं बार्षिक साधारण सभाले न्यूनतम महशुल दर घटाउने निर्णय गरेको अध्यक्ष पूर्णवहादुर सुवेदीले वताए ।

बार्षिक साधारणसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले जिल्ला सदरमुकाममा रहेको खानेपानी प्रणालीलाई अझ व्यवस्थित वनाउनुका साथै संकटका बेला संचालन गर्न बैकल्पिक योजनाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । खानेपानी योजनाको कार्यान्वयनका लागि आफुले सकेको सहयोग गर्ने उनले वताए ।

समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा भएको उक्त साधारणसभामा नेपाल खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लेखवहादुर कार्की, पूर्व अध्यक्षहरु रामचन्द्र वियोगी र नारायण दाश श्रेष्ठ लगाएतले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष सुवेदीका अतिरीक्त सचिव ढाकलवहादुर थापा र कार्यवाहक कोषाध्यक्ष कृष्णवहादुर बस्नेतले प्रश्तुत गरेका संगठनात्मक गतिविधि, बार्षिक कार्यक्रम र भावि योजनाका साथै बार्षिक आय व्यय विवरण उक्त साधारण सभाले पारित गरेको थियो । सम्मान तथा पुरस्कार स्थापनाकाल देखि समितिको संस्थागत विकासमा योगदान गर्ने संस्थापक अध्यक्ष नारायणदाश श्रेष्ठ र निवर्तमान अध्यक्ष रामचन्द्र वियोगीलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यसैगरी समितिमा लामो अवधि देखि कार्यरत कर्मचारीहरु टंकराज फुयाँल र लोकवहादुर पहरीलाई नगद पुरस्कार र कदर पत्र प्रदान गरीएको थियो ।

समिति मार्फत विभिन्न योजनाहरुबाट करिव १ हजार खानेपानीका धारा वितरण हुदै आएका छन् । उपभोक्ताहरुलाई आवश्यक पर्ने पानीको वितरण गर्न समितिले लिफ्ट योजना मार्फत अधिकांश पानी आपूर्ति गरी वितरण गर्नेगर्छ । भलुवा खोला र मचवारी खोलाको मुहान गरी ल्याइएका योजनामा खडेरीका कारण न्यून मात्रामा मात्र पानी आपूर्ति हुने गरेकोले लिफ्ट प्रणालीका ३ वटा संरचना समितिले संचालन गर्दै आएको छ । समितिले सरदमुकाम र आसपासका ग्रामिण वस्तीमा पानी वितरण गर्नेगर्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काँग्रेसका नेता श्रेष्ठको फेसबुक ह्याक, ठगिए बोहोरा

Next Post

उप-प्रमुखको पलङमा भाई बुहारीको राज

Next Post
उप-प्रमुखको पलङमा भाई बुहारीको राज

उप-प्रमुखको पलङमा भाई बुहारीको राज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.