Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जेठको पहिलो हप्ता देखि मन्थली-काठमाडौं उडान गर्न माग

Kumar Shrestha by Kumar Shrestha
April 30, 2023
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जेठको पहिलो हप्ता देखि मन्थली-काठमाडौं उडान गर्न माग
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।सरोकारहरूको बैठकले जेठको पहिलो हप्ता देखि मन्थली-काठमाडौं उडान गर्न माग गरेका छन । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को समन्वयमा बसेको सरोकारवालाहरूको बैठकले उक्त माग गर्ने निर्णय गरेको हो ।

मन्थली विमानस्थल बैकल्पिक रुपमा मात्र प्रयोग गरिएको व्यापक जनगुनासो आए पछि मन्थली काठमाडौं उडान नियमित गर्न पहल सुरु गरिएको प्रतिनिधि सभा सदस्य कान्छारामले बताए ।

मन्थली काठमाडौ उडान सुरु गर्नका लागि स्थानीय सरकारको तर्फबाट आफू जुनसुकै सहयोग गर्न आफू तयार भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले बताए ।

स्थानीयको मागलाई पूरा गर्न आफू सकारात्मक रहेको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताएका छन् ।

मन्थली-लुक्ला उडान गरिरहेका एअरलाईन्सका प्रतिनिधि, वडा अध्यक्ष, मन्थली नगरपालिकाका नगरप्रमुख, समन्वय समिति प्रमुख तथा प्रतिनिधि सभा सदस्य सहित सरोकारवालाहरूको बैठकमा मन्थलीबाट काठमाडौं उडान नभए अन्य उडानलाई समेत समस्या हुन सक्ने समेत सरोकारवालाको भनाई छ ।

स्थानिय हरुले हप्तामा कम्तिमा पनि रामेछापबाट काठमाण्डौका लागि एउटा उडान राख्नका लागि अनुरोध गर्दै आएका छन्। आज सम्म रामेछापका नागरिक आसै आसमा बसेका छन् ।

रामेछाप विमानस्थलबाट ब्यवसायीक उडान गर्दै आएका निजि विमान कम्पनीहरुले रामेछाप काठमाण्डौ उडानमा यात्रु नहुने भन्दै प्राधिकरणको आँखामा छारो हाल्दै आएका छन् । स्थानीयले केहि बर्ष देखिनै रामेछाप देखि काठमाण्डौका लागि यात्रु बाहक हवाई सेवा संचालनको माग गरेपनि विमान कम्पनी र सरकारले त्यसको कुनै वास्ता गरेका छैनन् ।

पंचायतकालमा निर्माण भएको विमानस्थललाई कालो पत्रे गरेर स्तरोन्नति गरीएको भएपनि यस एरपोर्टबाट काठमाडौ उडान गरिएको छैन । तर नेपाल नागरिक उडड्यन प्राधिकरणले भने सोलुजाने पर्यटकहरुका लागि मन्थली एअरपोर्ट बाट लुक्लाका लागि जहाज उडाउँदै आएको छ । त्यस बाहेक तारा, सिता र समिट एयरले पनि पर्यटक केन्द्रीत उडान भर्दै आएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

उप-प्रमुखको पलङमा भाई बुहारीको राज

Next Post

कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

Next Post
कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

कुमारी बैकमा बचत खाता हुनेले सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...