रामेछाप । रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सृजना खड्काले आफू उपप्रमुख हुँदा उपयोग गर्दै आएको सामान अझै सम्म उनका भाई धनराज खड्काले प्रयोग गर्दै आएका छन ।
२०७९ बैशाख ३० स्थानीय निर्वाचन भएको २१ दिनमा आफूले प्रयोग गर्दै आएको सामान सम्बन्धित पालिकाका बुझाउनु पर्ने प्रावधान छ । तर रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सृजना खड्काले प्रयोग गरेको सामान आजको दिनसम्म नगरपालिकामा नबुझाईएको राजस्वशाखा प्रमुख हरिभगत श्रेष्ठले बताएका छन ।
श्रेष्ठ भन्छन- निवर्तमान नगरउपप्रमुख सृजना खड्काज्यूले मौखिकरुपमा मलाई पलङ- १ थान, स्टीलदराज -२ थान, वासिङमेसिन- १ थान, टेबुल – १ थान, ग्यास सिलिण्डर – १ थान, टिभि – १ थान, ग्याँस डोर दराज- १ थान, प्रिन्टर – १ थान, ल्यापटप – १ थान, कराई- १ थान, झर्काको थाल -३ थान, कराई – १ थान, कुकर – १ थान, लाईन फोन सेट – १ थान निवर्तमान उपप्रमुखज्यूले मौखिक रुपमा बुझाउनु भएको हो । तर ती सामान अझै उहाँको भाईबुहारीले प्रयोग गर्दै आउनु भएको छ ।