Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतबाट प्रतिलिटरमा चार रुपैयाँभन्दा बढी घटेर आयो पेट्रोलियमको मूल्य

Kumar Shrestha by Kumar Shrestha
May 1, 2023
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ ।

इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो ।

उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो । यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोड बढी धेरै नाफा रहेको निगमले जनाएको छ ।

तर पछि विश्व बजारमा तेलको माग कम हुँदा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भइरहेको छ । त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको निगमले जनाएको छ।

निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने स्रोतले जानकारी दिएको छ । मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टितेलमा प्रति लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो । त्यसपछि निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका साथै आइओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नेपालका वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

Next Post

मन्थलीमा रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न

Next Post
मन्थलीमा रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न

मन्थलीमा रक्तदान तथा नि:शुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.