रामेछाप । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा अर्जुनबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
गत शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको नौ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ट्रेड युनियनको अध्यक्ष बनेका श्रेष्ठ पेसाले शिक्षक हुन् ।
त्यस्तै उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला) मा रमिता राई (उपाध्यक्ष महिला) मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् ।
त्यस्तै ट्रेड युनियनको सचिवमा मोतीलाल लामा चयन भएका छन् । कोषाध्यक्षमा भने प्रतिभा बोहोरा (बि क) चयन भएकी छन् भने सह–सचिवमा सजल घिसिङ, सविना पौड्याल चुनिँदा महिला सदस्यमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल चुनिएका छन् ।
त्यस्तै दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के सदस्य बनेका छन् ।