काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा घाइते भएका छन् । उनी मंगलवार हिरासतको शौचालयमा लडेर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा लगेर उपचार गरिएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । उनको अवस्था सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी परिसर टेकुमै ल्याइएको प्रहरीले जानकारी दिएको छ ।