Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विनुको बिचिल्ली

सिर्जना रोका by सिर्जना रोका
June 22, 2023
in समाचार
0
विनुको बिचिल्ली
1.3k
SHARES
4.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गरिबी र जातियताका आधारमा परिवारको सदस्यहरुबाट अपमानित हुनु पर्दा २७ वर्षिय विनु कठायत यादवको बिचिल्ली भएको छ ।जिल्लाकै प्रतिष्ठित परिवारका बुहारी आफ्नै परिवारबाट भएको हिंसामा हिंसाले पिडित छिन् । सदरमुकाम मन्थली बजारसंगै रहेको एक प्रतिष्ठित परिवारमा एक बुहारीको विचल्ली भएको छ । ब्यापार क्षेत्रमा राम्रो पहँुच रहेको बिनुको परिवार मन्थलीको प्रतिष्ठित र घरानिया परिवार पनि हो । उनको परिवारमा ससुरा बिमल कठायत रामेछाप नगरपालिका वडा नं– १ का वडा सदस्य समेत हुन् भने काका ससुरा पवन कठायत रामेछाप उद्योग वाणिज्य संघ रामेछापका कोषाध्यक्ष पनि हुन् । कठायत परिवारको मन्थलीमा चलेको पसल र होटल पनि छ । बुढा ससुरा जयबहादुर कठायत भुतपूर्व सैनिक संघ रामेछापका अध्यक्ष पनि हुन् । धार्मिक हिसाबले कठायत परिवार प्रणामी परिवार पनि हो ।
सोलुखुम्बु माइती भएकी बिनु कठायत यादवका बाबु परलोक भइसकेको र आमा दीर्घरोगी भएकोले उनका सहयोगी र आफन्त पनि कोही छैनन् । यादव थर जोडिएको र पारिवारिक विपन्नताका कारण उक्त परिवारले आफू माथि अपमानजनक र अमानवीय ब्यवहार गर्दै आएको गुनासो उनले गरेकी छिन् । ३ वर्ष अघि बुहारीको रुपमा भित्रिएको बताउने बिनुले भक्तपुर ठिमीको घरमा लगेर प्रदिप कठायतले बिवाह गर्ने आश्वासनमा २ वर्षसम्म पटकपटक आफूसँग शारीरिक सम्बन्ध राखेको बताइन् ।
सोही क्रममा आपूm आमा बन्ने जानकारी आपूmले प्रदिपलाई गराए पछि बिभिन्न बहाना बनाएर छल्दै आएको बिनुको आरोप छ । गर्भ परीक्षणको क्रममा पाठेघरको नलीमा बच्चा बसेको भन्दै चिकित्सकले अप्रेशन गर्न सुझाए । त्यतिबेला पनि प्रदिपले वास्ता नगरेपछि आमाले खर्च जुटाएर अप्रेशन गरेको बताइन् । तर पाठेघरको नलीमा बच्चा बसेको कारण पाठेघरको नलीसमेत काटेर फाल्न परेको उनको भनाइ छ ।
अप्रेशन पछि सम्पर्कमा आएका प्रदिपले अस्पतालबाट होटलमा लगेर आपूmलाई राखेको र होटलमा लगेर राखेको चौथो दिन जवरजस्ती गर्न खोजे पछि अप्रेशन गरेको टाँका उप्किएपछि भने प्रदिपले आपूmलाई अस्पताल लगेर लडेका कारण उक्त टाँका उप्किएको भन्न लगाएको उनले बताइन् । जुन बेलासम्म आपूmलाई प्रदिप माथि पूर्ण विश्वास रहेको उनको भनाई छ । अस्पतालबाट जडिबुटिको एक होटलमा छाडेर प्रदिप सम्पर्कमा नआए पछि मात्र उसले आपूm माथि षड्यन्त्र गरेको भन्ने चाल पाएको पनि विनुले बताइन् ।
प्रदिपले आपूmलाई छाडेको भन्ने पक्का भएपछि विनुले माइती पक्षसँग समस्या भएको जानकारी गराएपछि माइती पक्षको सल्लाहमा प्रहरी चौकी कालिमाटीमा जवरजस्ती करणी गरेको भन्दै आपूmले किटानी जारी गरेको बताइन् । किटानी जारी दिएको केहि दिन पछि तत्कालीन प्रहरी इन्सपेक्टर सुरज कार्की र उनका भाइ सुरेन्द्र कार्कीले मुद्धा फिर्ता लिन भन्दै धम्की दिएको आरोप पनि उनले लगाइन् उनले भनिन् उनीहरु दुबै प्रदिपको मामा रहेछन् ।
आपूmले मुद्धा फिर्ता नलिने अडान राखेको र आपूmले काम गरेको कार्यालयमा आउने होटल तथा क्याफेमा बोलाउने डर देखाउने, धम्की दिने गरेको आरोप पनि विनुले लगाइन् । त्यसै गरी काका ससुरा पवन कठायत र मामा ससुरा एवं इन्सपेक्टर सुरज कार्कीले बारम्बार भेट्ने उपचार खर्च दिने र अरु केही पैसा दिने भन्दै मुद्धा फिर्ता लिन दवाब दिएको पनि उनले बताइन् ।
इन्सपेक्टर सुरज कार्की बिहानको समयमा आपूm बस्ने घरमा सादा पोसाकमा आएर पेस्तोल देखाउँदै नमानेमा भाइलाई गाँजा केशमा फसाइदिने र बहिनी कलेजबाट घर नर्फकने धम्की दिएको आरोप पनि पत्रकारहरु माझ लगाइन् । बिबाह गराउने शर्तमा भाइबहिनी कोही पनि सुरक्षित नहुने भएपछि आपूmले मुद्धा फिर्ता लिएको उनको दावी छ ।
केहि समय पछि बिबाह गर्ने भनेर ठिमीमा रहेको घरमा ल्याएर बुहारीको रुपमा राखेको भए पनि १ वर्ष वित्दा समेत बिबाह गर्ने कुरा नगरेपछि आपूmले त्यस बारेमा कुरा गर्दा आफन्त बितेको छ भन्दै छल्ने गरेको पनि उनले बताइन् । विवाह गरेको धेरै समय घर बस्दा समेत बिबाह दर्ता नगरे पछि घटनालाई आपूmले बाहिर ल्याउने अडान लिएपछि मात्र बिबाह दर्ता गराई दिएको पनि विनुले बताइन् । यो बीचमा मलाई श्रीमानसँग छुटाएर परिवारले ट्राफिक चोकमा रहेको आप्mनै होटलमा भाँडा मझाएर काम गर्ने बहिनीसँगै राख्यो र ब्यवहार पनि त्यस्तै ग¥यो ।
जुन बेला मैले मेरा काका ससुरा पवन कठायतबाट अपमानित मात्र नभएर यौन हिंसाको समेत सिकार हुनु प¥यो । पारिवारीक मिलेमतोमा स्थानीय चिकित्सक केशव धामी समेतको सहयोगमा मलाई मानसिक रोगीको विल्ला भिराउने सम्मको काम भएको पनि उनले आरोप लगाइन् । उनले मलाई मेरो परिवारका सदस्यहरुले गरेका अपमान र अमानवीय घटना दर्जन भन्दा बढी रहेको र जसलाई आपूmले प्रमाणका रुपमा देखाउन सक्ने ठोकुवा समेत गरिन् ।
यस अघि पनि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा समेत उनका अवस्थाका बारेमा सार्वजनिक भइसकेको छ । उनले परिवारबाट पाएको पटकपटकको यातनाका बारेमा बृद्ध बुढा ससुरादेखि आप्mनो ससुरा र काका ससुरासमेत मुख्य दोषी रहेको पनि आरोप लगाएकी छिन् । उनले आपूm माथि भएको अन्यायका बारेमा स्थानीय सरकार र प्रशासन समक्ष पनि हार गुहार गरिसकेकी छिन् । मुद्धा अदालतसम्म पुगेको हुँदा आपूmहरुले यस बारेमा बोल्न नमिल्ने र आपूmहरुको रोहबरमा कसैले पनि उनको अपमान नगरेको भन्दै रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना पन्छिए ।
तर बिनु भने दुई पक्ष बीच छलफल गराउने नाममा प्रहरीको रोहबरमा आप्mना मामा ससुरा सुरेन्द्र कार्र्की र उनको समूहले गाली गलोज र अपमान गर्दा ईन्सपेक्टर उल्टै हाँसेर बसेको गुनासो पनि उनले गरिन् ।
उता उनका काका ससुरा पवन कठायतले विनुले लगाएको आरोपमा कुनै सत्यता नरहेको दावी गरे । उनले भने हामीले बुहारीको रुपमा स्वीकारेर घरमा राखेको मानिसबाट यो किसिमको हर्कत होला भनेर कल्पनासम्म गरेका थिएनौ । हामी आप्mनो ब्यवसाय गरेर बसेको धार्मिक परिवारलाई लगाएको यो खालको आरोपले उल्टै हाम्रो परिबारको बद्नाम भएको भन्दै, विनु नियत नै खराब रहेको महिला भएको ठोकुवा गरे ।
अर्का आरोपित मामा ससुरा भनिएका सुरेन्द्र कार्कीले पनि विनुको सबै जसो आरोप पूर्वाग्राही भएको बताए । उनले लगाएका कुनै पनि आरोपमा आपूmहरु जोडिनै नसक्ने र उनको आरोपमा बद्लाको भाब मात्र रहेको पनि उनले प्रष्ट्याए । त्यस्तो खराब सोच र चिन्तन भएको मान्छेले लगाएको आरोपका कारण आपूmहरुको उल्टै अपमान भएको छ कार्कीले भने ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जेठ ६ देखी १० सम्म नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने

Next Post

विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यासका लागि सशस्त्रको ‘डेमो’ पर्दशनी

Next Post
विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यासका लागि सशस्त्रको ‘डेमो’ पर्दशनी

विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यासका लागि सशस्त्रको ‘डेमो’ पर्दशनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.