काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गर्दै नेपाल बन्द लगाएत विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ ।
टीकापुर घटनाको बिषय लिएर आफ्ना नेता रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो । त्यस्तै सो पार्टीले जेठ ३,४ र ५ गते देशव्यापी रुपमा जुलुस र कोणसभा गर्ने नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।