Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खेलाडिलाई बन्द प्रशिक्षण तथा खेल सामाग्रि हस्तान्तरण

Kumar Shrestha by Kumar Shrestha
May 20, 2023
in समाचार
0
खेलाडिलाई बन्द प्रशिक्षण तथा खेल सामाग्रि हस्तान्तरण
473
SHARES
4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन तथा रामेछाप जिल्ला फुटबल सङ्घको आयोजनामा हेटौडामा हुन लागेको खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि ७ दिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्घले बिहीबार जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्ययतामा खेलाडीहरूलाई सहभागी गराएर ७ दिने बन्द प्रशिक्षण कार्यक्रमको समापन सँगै खेलाडीहरूका लागि खेलकुद ड्रेस र सामाग्री समेत हस्तान्तरण गरिएको थियो । ती सामाग्री विभिन्न ब्यक्तिहरुद्धारा उपलब्ध गराइएको जानकारी पनि जिल्ला अध्यक्ष सुन्दर खड्काले गराएका थिए ।
सदरमुकाम मन्थलीका विभिन्न स्थानमा गराइएको बन्द प्रशिक्षण कार्यक्रमका खेलाडीहरूलाई नयाँ गोरखगण रामेछापका प्रशिक्षक खेलाडीहरूले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमकी प्रमुख अतिथि चीना खड्काले जिल्ला फुटबल सङ्घले जिल्लाको फुटबल क्षेत्रको विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दे प्रशिक्षार्थी खेलाडीहरूलाई उँचो मनोबलका साथ मर्यादामा रहेर खेलमा सहभागी हुन पनि आग्रह गरिन् ।


रामेछाप जिल्ला फुटबल सङ्घका अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगर लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई समेतलाई मायाँको चिनो हस्तान्तरण गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विपद् पूर्व तयारी कृत्रिम घटना अभ्यासका लागि सशस्त्रको ‘डेमो’ पर्दशनी

Next Post

नेपाली काँग्रेस रामेछापले बृहद जिल्ला सम्मेलन गर्ने

Next Post
रामेछापमा कांग्रेसको  वडाअधिवेशन भदौ २३ मा हुने

नेपाली काँग्रेस रामेछापले बृहद जिल्ला सम्मेलन गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...