देशको संघिय रानधानी काठमाडौंसंग सिमाना जोडिएको जिल्ला हो मकवानपुर । यही जिल्लामा अवस्थित छ एउटा ऐतिहासिक गाउँ चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो महसुुस नै हुँदैन । यात्राको थकान पनि क्षणभरमै दूर हुने ।
बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीय स्तरमै उत्पादित खानाको स्वादका कारण पनि यहाँ पर्यटक आकर्षित हुने गर्दछन् । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तऋषी धारामा नुहाएर पनि आनन्द लिन सकिन्छ । पर्यटकलाई स्थानीयले गर्ने व्यवहारबाट पनि यहाँ धेरै प्रभावित हुन्छन् । गाउँमा आउने पर्यटकलाई होमस्टेमा नाङ्लामा सगुन र नास्पातीको लोकल रक्सीले स्वागत गर्ने परम्परा रहेछ । पछिल्लो समय पर्यटकहरूका लागि प्रशस्त होमस्टेदेखि सुविधा सम्पन्न रिसोर्टहरू पनि खुलेका छन् । चित्लाङमा अहिलेसम्म खाना र बासको छुट्टै मूल्य निर्धारण गरिएको छैन । आर्थिक रुपमा पर्यटकहरुका लागी यो एक सहज विषय पनि हो ।
ऐतिहासिकता, प्राकृतिक सुन्दरता, सभ्यता र संस्कृतिबारे बुझ्न चित्लाङ जानैपर्ने देखिन्छ ।
पर्यटन प्रबद्र्धनका लागि बाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी भएका भ्रमण टोलीले हेटौंडाबाट चित्लाङ अवलोकन गरी पर्यटन व्यवसायीहरू सँग अन्तरक्रिया गरेको थियो।
अब लागौँ चित्लाङमा पर्यटन व्यवसायीले राखेको गुनासो र सुझाव तर्फ ।
काठमाडौं हुँदै नुवाकोटको विदुर नगरपालिका पुगेको टोलीले पवित्र धार्मिक स्थल देवीघाट जालपादेवी मन्दिर, भैरवी मन्दिर लगायत अवलोकन गर्यो ।टोलीले नुवाकोटमा बन्दै गरेको जलबिहार समेत अवलोकन गरेको थियो । जलबिहारको बारेमा त्यहाँका जनप्रतिनिधिहरुले समेत आफ्नो भनाई राखे ।
पर्यटन मन्त्रालयलेको तर्फबाट आउनु भएका भ्रमण टोलीका संयोजक रमेश पौडेलले समेत आफ्नो धारणा राख्नु भयो ।
नुवाकोटको सौन्दर्यतालाई आँखामा सजाउँदै टोली त्रिशूली बजार, कालिकास्थान, रिम्चे हुँदै धुन्चे पुग्यौं । धुन्चे प्रकृतीको भण्डार हो। धुन्चेमा विशेष गरी बास बस्ने पर्यटकहरु धेरै आउँदा रहेछन् । यहाँबाट विहान सबैरै गन्तव्यमा लाग्न सजिलो हुने बास बस्ने पर्यटकहरु बताउँछन् । आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण गरिएको छ ।
विशेषगरी धुन्चेमा पदयात्रामा जाने पर्यटहरु धेरै हुने रहेछ । आँखै अगाडी देखिने हिमालको दृश्यले हिमालको झै चमक पर्यटकको अनुहारमा देखिन्थ्यो ।
धुन्चेलाई साँझ फेरी भेट्ने बाचा गर्दै हामी चिलिमे जलविद्युत, रसुवा गढी, उत्तरगया वेत्रावती,स्याउबारी, लगायत ठाउँको भ्रमण तर्फ अघि बढ्यौं । चिलिमे जलविद्युत आयोजनाबाट उर्जा जति मिलेको छ तर त्यो भन्दा बढि जलविद्युत आयोजना परिसर नियाल्दा हामी उत्साहित भयौं । चिलिमे जलविद्युत आयोजनाको अवलोकनको केही समयपछि हामी रसुवा गडी पुग्यौ ।
रसुवागढीको नामबाट नै रसुवा जिल्लाको नामाकरण गरिएको हो । रसुवागढी नेपाल–चीन सीमानामा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वार्ड न. २ मा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो । रसुवागढी चीनसँगको प्रमुख आर्थिक नाका मात्रै नभई नेपालको गौरवमय इतिहास बोकेको स्थान पनि हो । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरू हुने दोभानमा रसुवागढी निर्माण भएको छ । रसुवागढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।
ठूलाठूला ढुंगा कुँदेर बनाइएको अग्लो पर्खालमा शत्रुलाई निसाना लगाउन स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बसेर नेपाली फौज आफू सुरक्षित रहदै चिनिया फौजसँग चार पटकसम्म लडाई लडेका थिए । रसुवागढी दुई भागमा छुट्टिएको जस्तो देखिन्छ । गढीको पूर्व र अलिकति उत्तरपट्टिको भाग अग्लो ठाउँमा छ भने पश्चिमतर्फको भाग अलि होचो ठाउँमा। पश्चिमपट्टिको गढीको अग्लो भागमा सेनाका जवानहरू रहने र पूर्वपट्टिको गढीको अग्लो भागबाट कमाण्डरले निरीक्षण गर्ने भनाइ छ । झ्ट्ट हेर्दा गढीको पूर्ण संरचनाको चित्र ठम्याउन सकिंदैन ।
चीनसँगको लडाईका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि बनाएका हुन यो गढी । यस गढीबाट लिन्दे र केरूङ नदीको संगम भएर भोटेकोशी नदी बनेको सँगमस्थल नजीकै देख्न सकिन्छ ।
रसुवागढीमा नयाँ स्तम्भ निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले निर्माण गरेको स्तम्भमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ । सेनाले निर्माण गरेको स्तम्भको अगाडिको भागमा प्रतिस्थापन शिलालेख तथा बायाँतिर अंग्रेजीमा र दायातर्फ नेपालीमा रसुवागढीको संक्षिप्त इतिहास राखिएको छ । यसले रसुवागढीको इतिहास देखाउनुका साथै पर्यटन प्रर्वद्धन मा समेत सहयोग पुग्ने देखिन्छ ।
अब लागौँ धुन्चेको पर्यटन व्यवसायीले राखेको गुनासो र सुझाव तर्फ ।
रसुवा गडीको मनोरम दृश्हर नियाल्दै हामी उत्तरगया वेत्रावती पुग्यौं । नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम पर्यटन र संस्कृति विकासका थुप्रै सम्भावनाहरू बोकेको ठाउँ रहेछ । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले निकै मनोरम पनि । वेत्रावतीलाई पवित्र उत्तरगया धामका रूपमा पुराणकालदेखि नै चिनिँदै आएको छ।
तीन नदीको सङ्गमस्थल पर्छ यहाँ। भैरवकुण्डबाट बग्ने रुद्रगंगा, गोसाईकुण्डबाट बग्ने त्रिशूली र महादेवले वेत्र अर्थात् बेतको लट्ठीले कोपेर निकालिएको भनिएको वेत्रगंगा यहीँ जोडिन्छ। वारि नुवाकोट वेत्रावती, पारि रसुवा वेत्रावती। दुई जिल्लाको सिमाना मात्र छुट्टयाउँदैन वेत्रावतीले, दुवै तर्फका केही भूभागलाई यही नामले चिनाउँछ पनि। यति मात्र होइन वेत्रावतीको परिचय। सांस्कृतिक चिनारीको अलग्गै उचाइ छ यसको।
विसं २०१९ मा दुई ठूला नदीको बाढीको चपेटामा परी पुरिएको वेत्रगंगालाई विसं २०४८ मा योगी नरहरिनाथले उत्खनन गराए पनि त्यसपछिको बाढीले अदृश्य गराएको छ र जमिन मुनिबाट मात्र त्यस स्थानमा जोडिएको छ। वेत्रगंगाको पानी केही फरक रङको र अन्य नदीको भन्दा तातो पनि रहको स्थानीय बताउँछन्।
पौराणिक कालमा समुद्र मन्थन गर्दा निस्केको कालकूट विषले संसार भस्म पार्न लागेपछि भगवान महादेवले नै उक्त कालकुट विष पिएर त्यसको डाह मार्न यस ठाउँमा बेतको लौरोले खोस्री वेत्रगंगा उत्पन्न गराएको जनविश्वास छ। यही नदीको पानीले शीतलता पाई महादेवको यात्रा गोसाईकुण्ड पुग्न सम्भव भएको पौराणिक प्रसङ्ग जोडिन्छ। पुराणअनुसार उनले यहींबाट गएपछि नै त्रिशूलले हानेर गोसाईकुण्डबाट त्रिशूलीको जलप्रवाह उत्पन्न गराएको उल्लेख गरिन्छ।
उत्तरगया धाम बाट नै उत्तरगया गाउँपालिकाको समेत नामाकरण गरिएको रहेछ ।
उत्तर गया बेद्रावतीको धार्मिक र प्राकृतिक दृश्य नियाल्दै हामी रसुवाकै स्याबारीको भ्रमण गर्दै धादिङ फर्कियौं, र धादिङमा रहेको भैरवी मन्दिरको दर्शन गर्न पुग्यौं । धार्मिक आस्थाको धरोहर रहेको यस मन्दिर आसपासको हरियाली र हिमदृश्यहरुले जो कोहिको मन लालायित बनाउथ्यो ।
विक्रम संवत २०३३ साल अगाडी धादिङको जिल्ला सदरमुकाम रहेको सुनौलाबजारमा रहेको यस मन्दिर भैरवी मन्दिरको ऐतिहासिक महत्व धार्मिक मान्यता नै रहेको स्थानीय जानकारहरु बताउछन् । भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अबस्थामा मासु खान मन लागेपछि मासु लिनको लागी भैरव बाघको रुप धारण गरेर जङगलमा गएर शिकार गरि मासु ल्याउँदाखेरी सुङ्गुरको मासु लिएर आयो त्यो कुरा भैरवीले देखी सकेपछि उ डराएर त्यहाँ घोप्टो परेर बसिन् र उसलाई भित्र पस्न दिएन त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किम्बदन्तीहरु छन् । त्यसैले अहिले पनि त्यहाँ दुईवटा मन्दिर छ एउटा माई भैरवीको मन्दिर अर्को भैरवको मन्दिर ।
धादिङको भैरवी देवी मन्दिर अवलोकन, गोसाइँकुण्ड गाँउपालिका, विदुर नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय धादिङ सँग पर्यटन विकास सम्बन्धित अन्तरक्रिया गरेको थियो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश का अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारले मातहत का पत्रकार लाई प्रोत्साहन र क्षमता अभिवृद्धि गर्न यस्ता खाले कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद ब्यक्त गरे।
भ्रमण कार्यक्रम शनिबार धादिङ बाट समापन गरी विदाई गरिएको भ्रमण संयोजन गरेका मन्त्रालय का अधिकृत रमेश पौडेल ले बताए। पत्रकार हरू को यो भ्रमण ले बाग्मती प्रदेश अन्तर्गत का जिल्ला पर्यटकीय गतिविधिलाई उजागर हुने र भ्रमण अर्थ पूर्ण रहेको पौडेल को भनाई छ। भ्रमणमा बागमती प्रदेश का १३ जिल्लाका १९ जना पत्रकार हरू को सहभागीता रहेको थियो।
विक्रम संवत २०८० जेठ ३ गते बाट शुरू भएको बाग्मती प्रदेश पत्रकारहरूको अध्ययन अवलोकन भ्रमण ६ जेठमा सम्पन्न भएको थियो । बागमती प्रदेश सरकार पर्यटन,उद्योग तथा सहकारी मन्त्रालय को आयोजना र नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश को समन्वयमा भ्रमण गरिएको थियो।
मन्त्रालयका निमित्त सचिव राधाकृष्ण खतिवडाले मन्त्रालय परिसरबाट पत्रकार हरूलाई बिदाई गर्दै यस प्रदेश को पर्यटकीय गतिविधिलाई सहयोग गर्न,प्रचारप्रसार गर्न गत बर्षकै निरन्तरता यो बर्ष पनि भ्रमण आयोजना गरिएको बताए।