Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अनुगमनको आतंक- व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो

Kumar Shrestha by Kumar Shrestha
June 14, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
अनुगमनको आतंक- व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो
377
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन गर्यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले व्यवसायीप्रति प्रतिशोध राखी अनुगमनका क्रममा व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो छ ।

अनुगमन टोलीले व्यवसायीलाई दुःख दिने नियतले उपभोग्य समय बाँकीरहेको बस्तु समेत म्याद नाघेको भनि जबर्जस्ती जफत गरेको एक व्यवसायीले गुनासो गरे । अनुगमनका क्रममा मन्थली देवकोटाचोकस्थित वि.एस स्टोर्स एण्ड सप्लायर्सबाट उपभोग्य म्याद रहेको सामान जबर्जस्ती जफत गरी लगेको र दुई दिनपछि सो सामानको म्याद नगएको भनि पुनः फिर्ता गरेको वि.एस. स्टोर्सका प्रोप्राइटर पार्वती श्रेष्ठले बताइन । ‘रियल च्वाइस’ नामको चक्लेट सेक्टेम्बर २०२२ मा बनेको र उपभोग्य म्याद ९ महिना उल्लेख थियो ।

दिन उल्लेख नभएको सामानको प्याकिङ भएको दिन र म्याद सकिने दिन महिनाको अन्तिम दिनलाई मानिने भएकाले त्यो चक्लेटको बिक्रीयोग्य अवधि जेठ महिनाभरी थियो । त्यो कुरा बुझ्दाबुझ्दै पनि अनुगमन टोलीले सामान जफत गरी २ हजार रुपैयाँ जरिवाना काट्यो उनले भनिन् । त्यो सामान घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुवोधकुमार साह कर्मयोगी आफैले जफत गर्नु भएको हो, घरेलु कार्यालयका प्रमुखलाई खाद्य बस्तुको म्याद गुज्रिएको वा नगुज्रिएको भन्ने थाहाँ नहुने कुरै भएन्, हामीलाई दुःख दिने नियतले सामान जफत गरियो उनले भनिन् । यदि त्यो सामानको म्याद नाघेको भए जरिवाना तिर्न हामी राजी थियौँ । तर हामीमाथि प्रतिशोध राखेर सामान जफत गरियो उनले दुःखेसो गरिन् । त्यसैको प्रतिफल जफत गरेको सामान म्याद नाघेको रहेनछ भन्दै २ दिनपछि फिर्ता ल्याइदिए ।

म्याद भएका सामान जफत गरी लगेर म्याद गुज्रिएको सामान बेचेको भनि मिडियाहरुमा फर्मको नाम सार्वजनिक गरेर हाम्रो बदनाम गरिएको छ, त्यसको क्षति कस्ले व्यहोर्छ उनले प्रश्न गरिन् । यस्तो अनुगमन धेरै पटक भएको छ, घरेलु कार्यालयका कर्मचारी पनि आउनुहुन्थ्यो, प्रशासनको कर्मचारी पनि आउनुहुन्थ्यो, कर कार्यालय र नगरपालिकाको कर्मचारी पनि आउनुहुन्थ्यो तर हामीमाथि यस्तो अत्याचार गरेको यो पहिलो पटक हो उनले भनिन् । उनले थपिन–देवकोटाचोकमा पसल गरेको १० वर्ष भयो, अहिलेसम्म अनुगमन टोलीले हाम्रो पसलमा म्याद नाघेको बस्तु भेटेको थिएन, यसपटक पनि म्याद ननाघेकै चक्लेट म्याद छ भन्दाभन्दै जबर्जस्ती जरिवाना काटेर लग्यो उनले भनिन् ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार थापामगरले अनुगमनका नाममा प्रतिशोध साँधेर प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाएको बताए । म्याद नाघेको बस्तु जफत गरेकोमा व्यवसायीहरुको कुनै गुनासो छैन तर म्याद भएकै सामान समेत जफत गरी व्यवसायीमाथि भएको अत्याचार उद्योग वाणिज्य संघलाई सह्य छैन् अध्यक्ष थापामगरले भने । व्यवसायीहरु बोल्न सक्दैन, यिनीहरुलाई जे गरेपनि हुन्छ भन्ने सोचले जसरी उपभोग्य म्याद भएको सामान समेत जफत गर्ने काम भयो, त्यसले राज्यबाटै आतंक सिर्जना गर्ने काम भएको छ, उनले भने । म्याद नाघेको सामान जफत गर्नु हुँदैन भन्ने पक्षमा हामी छैनौँ, गलत गर्ने व्यवसायीलाई कारबाही गर्नुपर्छ, त्यसमा हामी सहयोग नै गर्छौ तर अनावश्यक दुस्मनी लिएर राज्यले नै व्यवसायीलाई आतंकित पार्नु राम्रो होइन उनले भने । कोरोना लगायतका कारण थलिएको व्यवसायले रामेछापमा अझै गतिलिन सकेको छैन, व्यापार व्यवसाय चौपट हुँदा व्यवसायीहरुले आत्महत्या गर्नेसम्मको अवस्था भएको छ ।

राज्यले व्यवसायीको सरक्षण गर्नुपर्ने बेलामा उल्टै राज्यबाट पीडित भएका छन् उनले भने यसको मतलब गलत काम गर्ने व्यवसायीहरुलाई संरक्षण गर्नुपर्छ भन्ने होइन, तर १ सय रुपैयाँको म्याद गएको सामान भेटिएका व्यवसायीलाई १५ हजार रुपैयाँ जरिवाना गर्दा कत्तिको न्याय हुन्छ । लाखौ रुपैयाँको सामान राखिएको ठाउँमा झुक्किएर एक, दुई पिस बस्न सक्छ, त्यसलाई व्यवसायीले गलत मनसायले राखेको भनि बुझ्नु राम्रो होजस्तो मलाई लाग्दैन उनले भने ।

यदि व्यवसायीहरुले जानीबुझी पनि म्याद गुज्रिएको सामान राख्छन् भने त्यस्तालाई कारबाही गर्नुपर्छ, यसमा हाम्रो पनि समर्थन छ उनले भने । व्यवसायमा मन्दीका कारण व्यवसायीहरुले घरभाडा तिर्न नसकेर, बैंकको ब्याज तिर्न नसकेर छटपटि रहेका छन् । यस्तो अवस्थामा राज्यबाट पनि उल्टै व्यवसायीको घाँटी न्याक्ने काम भएको छ, उनले भने ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले अनुगमन टोलीले म्याद भएको सामान उठाउँनु भनेको जफत गर्नु नभइ व्यवसायीलाई लुट्नु भएको बताए । केही व्यक्तिको सन्किपनका कारण निर्दोष व्यवसायीहरुमाथि अन्याय भएको छ उनले भने । अनुगमन समितिले अनुगमनमा कर्मचारी खटाउँदा सहि र गलत छुट्याउन सक्ने कर्मचारी खटाउनु पर्ने अध्यक्ष नयाँघरेले बताए ।
यस विषयमा घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुवोधकुमार साह कर्मयोगीले आपूmहरुबाट कम्जोरी भएको स्वीकार गरेका छन् । उनले भने हाम्रोतर्फबाट त्रुटि भएकै हो । हामीले आगामी दिनमा यस्तो कम्जोरी नदोरो¥याउने समीक्षा गर्दै उक्त सामान व्यवसायीलाई फिर्ता गरिसकेका छौँ उनले भने ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

शुद्धिकरण अभियानलाई सफल पारेरै छाड्छौँ -अध्यक्ष बस्नेत

Next Post

रिले अनशनमा बसेका विद्यालय कर्मचारीमाथि प्रहरीको धरपकट (फोटोफिचर)

Next Post
रिले अनशनमा बसेका विद्यालय कर्मचारीमाथि प्रहरीको धरपकट (फोटोफिचर)

रिले अनशनमा बसेका विद्यालय कर्मचारीमाथि प्रहरीको धरपकट (फोटोफिचर)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.