रामेछाप । मन्थली नगरपालिका वडा नं २ को कार्यालयले वडा भित्रका लक्षित समुदायको स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य क्षेत्रमा गरिब तथा विपन्न परिवारलाई वरदान साबित हुँदै आएको स्वास्थ्य बिमामा लक्षित समुदायको पहुँच वृद्धि गर्ने र उनीहरूलाई स्थानीय सरकारको अनुभूति गराउने उ उद्देशले वडा कार्यालयको पहलमा आफूले स्वास्थ्य बिमा गर्न लागेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए ।
जस अन्तर्गत एकल महिला, ‘ख’ वर्गका अपाङ्गता, दलित महिला, ६० देखि ७० वर्षीय दलित ज्येष्ठ नागरिक र स्वास्थ्य स्वयंसेविका हरूलाई पनि बिमा गर्न लागिएको र उक्त प्रयोजनका लागि आउँदो असार १५ गते सम्म वडामा सम्पर्क गर्न पनि वडा कार्यालयले आह्वान गरेको छ । उनीहरूको बिमा बापतको ५० प्रतिशत शुल्क वडाले भुक्तानी गर्ने वडा अध्यक्ष कार्कीले बताए ।
स्वास्थ्य बिमा अन्तर्गत ५ जना सम्मको परिवारलाई ३ हजार ५ सय भुक्तानी तिर्नु पर्नै व्यवस्था भए अनुसार उनीहरूको ५० प्रतिशत रक म वडाले तिरिदिने भएको हो । स्वास्थ्य बिमा गर्न चाहने हरूका लागि असार १५ भित्र सम्पर्क गर्न पनि वडाले अनुरोध गरेको छ ।’