Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकामा एक वडा एक प्रतीक्षालय निर्माण

Kumar Shrestha by Kumar Shrestha
June 21, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
मन्थली नगरपालिकामा एक वडा एक प्रतीक्षालय निर्माण
337
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले एक वडा एक प्रतीक्षालय निर्माण गर्ने कार्यको थालनी गरेको छ । पैदल यात्रीलाई आवत-जावत गर्न सहज होस भन्ने लक्ष्यका साथ नगरपालिकाले एक वडा एक प्रतीक्षालय अवधारणा कार्यक्रम अघि बढाएको हो । रामेछापको मन्थली वडा नं १ ट्राफिक चोकमा नगरपालिकाले प्रतीक्षालय निर्माण गरेको छ । यो प्रतीक्षालय निर्माण भएपछि यो ठाउँबाट अन्यत्र जान, बस कुर्न र पैदल हिँड्ने यात्रुहरूलाई विश्राम लिन सहज भएको छ । यो प्रतीक्षालय नगरपालिकाले नगरको एक वडा एक प्रतीक्षालय अवधारणा अन्तरगत पाँच लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

नगरपालिकाको एक वडा एक प्रतीक्षालय बनाउने अवधारणा अन्तर्गत १४ वटै वडामा प्रतीक्षालय निर्माण भएको नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले बताए। नगरपालिकाको सबै वडाको वडा केन्द्र, बजार केन्द्र, मानिसहरू जमघट हुने स्थान र मानिसहरू बस चढ्ने वा झर्ने स्थानहरूको छनोट गरी प्रतीक्षालय निर्माण गरिएको उनको भनाइ छ । उनका अनुसार- मन्थली नगरपालिकाको वडा नं १ ट्राफिक चोकमा पाँच लाख रुपैयाँ लागमा प्रतीक्षालय बनाइएको र अरू वडामा दुई-दुई लाख रुपैयाँ लागतमा प्रतीक्षालय निर्माण गरिएको  छ । मन्थलीको ट्राफिक चोकमा निर्माण भएको अन्य वडाको भन्दा विशेष खालको भएकाले लागत पनि बढी छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर

Next Post

लक्षित समुदायका लागि मन्थली-२ ले स्वास्थ्य बिमा  गरिदिने

Next Post
लक्षित समुदायका लागि मन्थली-२ ले स्वास्थ्य बिमा  गरिदिने

लक्षित समुदायका लागि मन्थली-२ ले स्वास्थ्य बिमा  गरिदिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.