Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लिखु तामाकोशीको नीति तथा कार्यक्रम

Kumar Shrestha by Kumar Shrestha
June 26, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लिखु तामाकोशीको नीति तथा कार्यक्रम
113
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। लिखु तामाकोशी गाउँपालिकाले २०८०÷८१ का लागि ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ को बजेट प्रस्तुत गरेका छन् ।

कृषि पेशालाई व्यवसायिक र यान्त्रिकरण गरी एक वडा एक उत्पादनको नीति अनुरूप पकेट क्षेत्रमार्फत व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने, सुख्खाग्रस्त भू–भागलाई सिंचाइ प्रणालीमा जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि थोपा सिँचाइ र लिफटिङ् सिँचाइको नीति पालिकाले लिएको छ ।

कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवद्र्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको अध्यक्ष केशव महतले बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साँझेदारी र सहकार्य गर्ने बताइएको छ ।

वित्तीय संस्थाहरुको सहकार्यमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । भैसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता र डेरीमा दूध बेच्ने किसानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

पालिका स्तरीय रिङरोडको अवधारणालाई मूर्तरूप दिनका लागि तिल्पुङ– गिदानचौर– ऐरमबास– काङ्बा– खोल्मागाऊँ– चिलाउने– कोटगाऊँ– रातमाटा–सिरिसे– ढाँडे– पिङ्गे– पाला–भिरखर्क– होपिना–खापिङ हुँदै तिल्पुङ सम्मको बाँसे– नोप्रा– गिद्दे– दिलौरी– धोबी– गैरी– केउरेनी– नागथली– झाँक्रीडाँडा– खिम्ती सडक विस्तार कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । हाल गाउँपालिका भित्रका सडकहरु १२ ह्रै महिना सञ्चालनमा हुँदै आएको पनि अध्यक्ष महतले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोकुलगंगाको नीति तथा कार्यक्रम- ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’

Next Post

दोरम्बा शैलुङ गाउँपालिकाको बजेट ५६ करोड ६४ लाख

Next Post
दोरम्बा शैलुङ गाउँपालिकाको बजेट ५६ करोड ६४ लाख

दोरम्बा शैलुङ गाउँपालिकाको बजेट ५६ करोड ६४ लाख

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.