रामेछाप । खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६४ करोड ४३ लाख ४० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
१३ औँ गाउँ सभामा पालिका उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गरेकी हुन् । संघ र प्रदेशबाट प्राप्त हुने बजेटमा कमी भएसँगै गाउँपालिकाको बजेटको आकार पनि घटेको पालिकाकी उपाध्यक्ष घिसिङले बताइन् ।
पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीय, कर्मचारी, पत्रकार, संचारकर्मीसहितको उपस्थितिमा उपाध्यक्ष घिसिङले बजेट प्रस्तुत गरेकी हुन् ।