Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सडक स्तरोन्नति र कालोपत्रे गर्न माग

Kumar Shrestha by Kumar Shrestha
October 16, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सडक स्तरोन्नति र कालोपत्रे गर्न माग
74
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा समक्ष लिखु तामाकोशी गाउँपालिकाका स्थानीयले माग गरेका छन् । लिखु तामाकोशी गाउँ पालिका वडा नम्बर ७ मा अर्थमन्त्रीसँगको एक भेटकार्यक्रममा पालिका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रिन सहित उपस्थित स्थानीय नेता तथा कार्यकर्ता र स्थानीयवासीले पालिका भित्र मेरुदण्ड सडकको रूपमा रहेको हलेदे–नागदह–धोबी सिरिशे सडक कालो पत्रे सहित स्तरोन्नति गर्न बजेट व्यवस्थापन गर्न माग गरेका छन् । गाउँ पुगेका प्रदेश अर्थमन्त्रीलाई स्थानीय आगुवाले पालिकाको बस्तु स्थितीका बारेमा जानकारी गराउँदै सडक र खानेपानीको विकासमा जोड दिन अनुरोध गरेका छन् ।

अर्थमन्त्री समक्ष कुरा राख्दै गाउँपालिका अध्यक्ष केशव महतले जिल्लाबाट विभिन्न कालखण्डमा जिल्लाका व्यक्ति पहुँचमा र नेतृत्वमा पुग्दा पनि लिखु तामाकोशी गाउँपालिकाको उक्त सडक अझै पनि सुधार हुन नसकेको बताए । एक प्रदेशबाट छिमेकी अर्को प्रदेश जोड्ने यो सडक पनि भएकाले यसको सुधार अनिवार्य रहेको अध्यक्ष महतले बताए । कार्यक्रम पुगेका नेपाली काङ्ग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङले समेत पालिकाको बारेमा जानकारी गराउँदै सडकलाई प्राथमिकता दिएर बजेट व्यवस्थापन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन् । उनले क्रमागत रूपमा बजेट व्यवस्थापन अर्थमन्त्री समक्ष माग गरेका छन् ।

उक्त सडक खण्डको ऐरमबास खोला देखि धोबी सम्म ढलान गर्नु पर्ने स्थिति छ सो कामका लागि करिब ६ करोड बजेट लाग्छ अर्थमन्त्री समक्ष कुरा राख्दै तामाङले भने सक्नु हुन्छ ६ करोड नै बजेट व्यवस्थापन गर्नुस् । नसके ४ करोड बजेट प्रदेश सरकारले व्यवस्थापन गरे संसद् कोषको बाटो खुल्नासाथ आफूले पनि १ करोड बजेट व्यवस्थापन गर्ने बताए । उनले प्रदेश माननीयले पनि बजेट व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम बोल्दै अर्थमन्त्री लामाले आफूले सबैको भावना बुझेको र सकेको सहयोग गर्ने बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

Pin Up casino Скачайте для Андроид и iOS, казино слоты онлайн ЦОК “Курчатовский

Next Post

बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु

Next Post
बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु

बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.