Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु

Kumar Shrestha by Kumar Shrestha
October 16, 2023
in खेलकुद, जनता स्पेसल, समाचार
0
बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८० प्रतियोगिता सुरु
27
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप– नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको बागमती प्रदेश स्तरीय प्रथम नेविसंघ कप–२०८०’ अन्तर्गत खुल्ला पुरुष भलिवल प्रतियोगिता आईतबारबाट सुरु भएको छ ।
कार्यक्रमको उद्घघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले गरेका हुन् । कार्यक्रम नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व उपाध्यक्ष रत्न कार्की, जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत लगायतले प्रथम नेविसंघ कप–२०८० खुल्ला पुरुष भलिवल प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले वाग्मती प्रदेशमा हुने विकासका काम सगसगै खेलकुद विकासको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने जनाएका छन्। मन्त्री लामाले विगतमा भएको ससाना कामहरुले गर्दा अब प्रदेश सरकारबाट जनताले देखिने कामहरु गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले खेलकुदले मानिसको शारीरिक स्वास्थ्यलाई स्वस्थ राख्न ठुलो मद्धत पु¥याउने भएकाले प्रदेश सरकारले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । बागमती प्रदेशका जिल्लाहरु मध्ये रामेछाप जिल्ला भौगोलिक रूपमा अतिनै विकट रहेको भन्दै रामेछापलाइ विषेश प्राथमिकतामा राखेर आगामी दिनहरुमा रामेछापलाइ सम्झने समेत बताए ।
प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापको विकासलाई यस अघिका प्रदेश सरकारले पहिलो प्राथमिकतामा नराखेको बताउँदै यो पटक गठबन्धनको सरकार भएको बेला ठुला आयोजनाहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । रामेछाप काँग्रेसका सभापति समेत रहेका तामाङले आफू प्रतिनिधि सभाको सदस्य भएको थोरै समयमा पनि एक अर्ब भन्दा माथि बजेट आफ्नो पहलमा जिल्ला भित्र्याएको दाबी गर्दै आगामी दिनमा केन्द्रीय सरकार, प्रदेश सरकार र विभिन्न आयोजनाहरूसँग समन्वय गरेर जिल्लाको विकास गर्न लाग्ने प्रतिबद्धता जनाए ।
३० गते सम्म चल्ने यस प्रतियोगितामा १० जिल्लाका खेलाडीहरुको उपस्थति रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सडक स्तरोन्नति र कालोपत्रे गर्न माग

Next Post

११ हजार पुजीबाट संचालन गरिएको सहकारीको कारोबार १ अर्ब भन्दा बढी

Next Post
११ हजार पुजीबाट संचालन गरिएको  सहकारीको कारोबार १ अर्ब भन्दा बढी

११ हजार पुजीबाट संचालन गरिएको सहकारीको कारोबार १ अर्ब भन्दा बढी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.