Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाको बजेट खर्च २२ प्रतिशत मात्र

Kumar Shrestha by Kumar Shrestha
January 11, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
मन्थली नगरपालिकाको  बजेट खर्च २२ प्रतिशत मात्र
172
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले २२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैयाँ मध्ये पुसको तेस्रो हप्ता सम्म आईपुग्दा पुँजीगत तर्फ १२ प्रतिशत र चालु तर्फ २७ प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १४ औँ नगर सभामा बताए ।
हाल सम्म नगरपालिकाबाट स्वीकृत भएका ठुला साना गरी ३ सय ५१ वटा योजना मध्ये १ सय १२ वटा योजना सम्झौता भएको मध्ये ४१ वटा योजनाको काम सम्पन्न भइसकेको र यस वर्षका २ सय ३९ वटा योजना सम्झौता हुन बाँकी रहेको उनले बताए ।
यो अवधिमा आन्तरिक राजश्व तर्फ ४ करोड ४३ लाख आम्दानी हुने अपेक्षा राखिएकोमा लक्ष भन्दा कम १ करोड ३२ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको पनि उनले जानकारी दिए । ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का लाग्न नसकेको कारण नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेकोले बजेटका कारण पनि नगरले लक्ष्य अनुसारको काम समेत गर्न नसकेको श्रेष्ठले बताए ।
नगरले समुदायमा आधारित लघु उद्यमी सिर्जना र विकासका लागि रोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै त्यस्ता उद्यमीलाई तालिम र प्रविधि हस्तान्तरणको कार्यक्रमलाई पनि सँगै लगेको छ । मन्थलीको सानिमदौमा निर्माण भएको चिस्यान केन्द्रको बाँकी काम अधुरो रहेको र उक्त कार्यलाई पूर्णता दिनका लागि पनि नगर सँग बजेट अपुग भएकोले सोको पूर्ण कार्य सम्पादनको लागि बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको समेत श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गोकुलंगाको सबै विद्यालयमा विद्युतीय हाजिरी

Next Post

वृहत् रामेछाप महोत्सव आज देखि सुरु

Next Post
वृहत् रामेछाप महोत्सव आज देखि सुरु

वृहत् रामेछाप महोत्सव आज देखि सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.