Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वृहत् रामेछाप महोत्सव आज देखि सुरु

Kumar Shrestha by Kumar Shrestha
January 11, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
वृहत् रामेछाप महोत्सव आज देखि सुरु
178
SHARES
3.9k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । वृहत् रामेछाप महोत्सव पौष २६ गते (आज) देखि सुरु हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ सुरु हुने महोत्सवको उद्घाटनका लागी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल आउँदै छन् ।
मुख्यमन्त्री सालिकराम जम्कट्टेलले दिउसो ११ बजे वृहत् रामेछाप महोत्सव – २०८० को उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्था रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले बताए ।
महोत्सवको तयारीका लागी स्टेज सजिसजाउ पारिसकिएको समेत मगरले बताए । मगरका अनुसार – महोत्सव जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने छ । महोत्सवमा १५० वटा स्टलहरू रहने र सबै स्टलहरू बुकिङ भैसकेको छ । वृहत् रामेछाप महोत्सव पौष २६ गतेदेखि माघ ७ गते सम्म ११ दिन सम्म संचालन हुनेछ ।
महोत्सवको आयोजकले मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा तोरण टाँगेको छ । संघले बजार क्षेत्रको ठाउँ ठाउँमा ब्यानर समेत राखेको छ ।
महोत्सवमा ५० लाख दर्शक भित्र्याउने लक्ष्य रहेको संघका महासचिव कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महोत्सवमा जिल्ला भित्रका र बाहिरका ५० लाख दर्शक भित्र्याउने संघको योजना छ । महोत्सवका कारण सुस्ताएको बजार चलायमान हुने समेत अपेक्षा आयोजकले राखेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली नगरपालिकाको बजेट खर्च २२ प्रतिशत मात्र

Next Post

आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया

Next Post
आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया

आयुर्वेद सेवा प्रवर्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको अन्तरक्रिया

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.