Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप देखि चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम

Kumar Shrestha by Kumar Shrestha
January 22, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप देखि चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम
652
SHARES
10k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापबाट चीनको बोर्डर सम्म सुरुङ मार्ग विस्तार गर्न सके रापेछापेली नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने संघीय सांसद एंवम् नेपाल सरकारको अर्थ समिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।
रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने बृहद रामेछाप महोत्सवको समापन कार्यक्रममा सांसद कान्छारामले भने – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेबाट जिरी नगरपालिका वडा नं. १ हुँदै सुरुङ मार्ग निर्माण गर्न सके २८ किलोमिटरको दुरीमा चीनको बोर्डरमा पुगिन्छ । यो सुरुङ मार्ग बनाउन सके चीनमा यहाँ उत्पादन भएको सामान निर्यात गर्न र चीनबाट सामान आयात गर्न सहज हुन्छ । रामेछापका किसानले उत्पादन गरेको सामानहरू सहजरुपमा चिन पठाउन सकियो भने यहाँका नागरिकको जीवन स्तरमा चमत्कारिक सुधार आउने छ ।
सांसद कान्छारामले सम्बन्धित मन्त्रालयमा रामेछाप–चिन बोर्डर सम्मको सुरुङ मार्गका लागि प्रस्ताव राखिसकेको बताएका छन् । उनले यसै चालु आर्थिक वर्षबाट सुरुङ मार्ग निर्माण सुरु गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीसँग भेटघाट र छलफललाई तीव्रता दिएको समेत बताएका छन् ।
सांसद कान्छारामले सबै राजनीतिक दल तथा माननीयहरूलाई जिल्लामा विकासे बजेट ल्याउन अनुरोध समेत गरेका छन् । उनले विकासे बजेट ल्याउँदा एक अर्कालाई विरोध नगरी रामेछापको विकासमा दत्तचित्त भएर लाग्न समेत आग्रह गरे । आ–आफ्नो तह र तप्काबाट रामेछापको विकासमा एकजुट हुने हो भने जिल्लाको विकास गर्न सकिने समेत सांसद कान्छारामले जिकिर गरे ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद आनन्द श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, मन्थली नगर प्रमुख लव श्रेष्ठ, नेपाली काङ्ग्रेस उपसभापति लेख ब कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कुमार कार्की, माओवादी केन्द्रका अम्बिका गजुरेल, राप्रपाका दीपक कार्की, राप्रपा नेपालका रामचन्द्र कँडेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल लगायतले मन्तव्य राखे ।
महोत्सवमा ५५ हजार बढी दर्शकले अवलोकन गरेको संघका महासचिव कुमार श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनापतीको लहरे माने अलपत्र

Next Post

बिनुलाई न्याय दिन नसक्ने प्रशासनको निचोड

Next Post
बिनुलाई न्याय दिन नसक्ने प्रशासनको निचोड

बिनुलाई न्याय दिन नसक्ने प्रशासनको निचोड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.