Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापतीको लहरे माने अलपत्र

Kumar Shrestha by Kumar Shrestha
January 22, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
सुनापतीको लहरे माने अलपत्र
359
SHARES
8.8k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सुनापति गाउँपालिकामा निर्माणाधीन लहरे माने अलपत्र अवस्थामा छ । २०७८ सालदेखि निर्माणाधीन लहरे माने संघीय सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तह बाट ३० प्रतिशतको लगानीमा सुरु गरिएको थियो । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले संघीय सरकारबाट रु २ करोड ८० लाख र स्थानीय तहबाट १ करोड २० लाख गरी कुल ४ करोड लागतमा लहरे माने ठेक्का लगाइएको थियो । संघीय सरकारबाट आउने बजेट बेलामा नआएको कारण लहरे माने यति बेला अलपत्र बेनको हो ।
संघीय सरकारले बहुबर्षे योजनाको रूपमा सुरु गरेको लहरे मानेलाई समयमा बजेट नपठाउँदा सोचेजती गतिमा निर्माणको काम गर्न नसकिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुबेदीले बताए। उनले भने – यो वहुवर्षीय ठेक्का हो । यो निरन्तर भइरहेको छ भन्ने बुझ्नु पर्छ । लहरे माने हेर्न जानु भयो भने काम नभएको देख्नु हुन्छ । संघीय सरकारबाट आउने बजेट नआएकोले कार्यान्वयनको चरणमा केही रोकावट भएको भने पक्कै हो ।
माने नै मानेहरू लहरा जस्तै बनिरहेको कारण यसलाई लहरे माने भनिए पनि सुनापति गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुबेदी बताउँछन् । लहरे मानेको निर्माण कार्य चालु आर्थिक वर्षमा सक्ने लक्ष्य पालिकाले लिएको छ।
संघीय सरकारले २ करोड ८० लाख लहरे मानेका लागि पठाउनु पर्ने भए पनि अहिले सम्म १ करोड ८३ लाख मात्रै पठाएको सुवेदी बताउँछन् । सुवेदीका अनुसार पालिकाबाट विनियोजन हुनुपर्ने १ करोड २० लाख पालिकाले विनियोजन गरिसकेको छ । सुनापती गाउँपालिका वडा नं. ३ मा निर्माणाधीन उक्त लहरेमानेमा १ सय ८ मानेहरू निर्माण गरिएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मेलमिलापकर्ताहरूका लागी सुनापतिमा पुनर्ताजगी तालिम

Next Post

रामेछाप देखि चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम

Next Post
रामेछाप देखि चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम

रामेछाप देखि चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.