Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रचार प्रसार नहुँदा ओझेलमा रामेछाप जिल्ला अस्पताल

Kumar Shrestha by Kumar Shrestha
January 25, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
प्रचार प्रसार नहुँदा ओझेलमा रामेछाप जिल्ला अस्पताल
142
SHARES
10k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा रहेको जिल्ला अस्पतालको सेवा सुविधाबारे प्रचारप्रसार नहुँदा नागरिकहरू यस अस्पतालको सेवा सुविधाबाट वञ्चित भएको अस्पतालका अध्यक्ष यम पाख्रिनले बताएका छन् । अध्यक्ष पाख्रिनले भने– हामी जिल्लामा रहेका अरू नगर अस्पताल, पालिका अस्पतालले रेफर गर्ने सरि उपचार सेवा दिन सक्छौँ । तर जिल्ला अस्पताललाई नागरिकले पुरानो सानो स्वास्थ्य चौकी सम्झनाले बिरामीहरू उपचारका लागि काठमाडौँ सम्म धाउनु परेको छ । जिल्ला अस्पताल रामेछापले बुधवार गरेको अन्तर्क्रिरया तथा सामाजिक परीक्षणमा अध्यक्षले यो अस्पतालको प्रचार प्रसारमा विशेष ध्यान दिन समेत अनुरोध गरे ।
पत्रकारहरूले रामेछाप जिल्ला अस्पतालको सेवा प्रवाह लिन किन आउने बिरामीहरू भन्ने प्रश्न गर्दा अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले अस्पतालको विविध सेवाबारे बताएका थिए । उनले भने – अस्पतालको विशेषज्ञ सहितको सेवा प्रवाह, तालिम प्राप्त जनशक्तिद्वारा सेवा प्रवाह, आधुनिककरण सहितको सेवा, सरकारको प्रत्यक्ष स्वामित्व भएकोले नागरिकहरूलाई सर्वसुलभ रूपमा सेवा प्रवाह हुने भएकोले जिल्ला अस्पतालमा सेवा लिन आउनु होला ।
जिल्ला अस्पतालमा विभिन्न कार्यक्रमद्वारा निःशुल्क सेवाहरू समेत संचालनमा रहेको डा. श्रेष्ठले बताए । उनका अनुसार मुख्यमन्त्री जनता कार्यक्रम, सामाजिक सुरक्षा इकाई, प्रसूति तथा प्रसूतिजन्य शल्यक्रिया, नवजात शिशुलाई उपचार, बिशेषज्ञद्वारा मानसिक, नाक कान र घाँटी सम्बन्धी जाँच, एकद्वार संकट व्यवस्थापन लगायतका निःशुल्क सेवाहरू समेत अस्पतालबाट प्रवाह हुने गरेको छ । श्रेष्ठले भने, भर्ना भएका बिरामीहरूलाई निःशुल्क सन्तुलित खाना तथा खाजाको व्यवस्था, भर्ना भएको बिरामीहरूलाई शैया निःशुल्क, गर्भवती महिला र कुरुवालाई मातृ गृहमा निःशुल्क बस्ने र खाने व्यवस्था, प्रविधियुक्त मेसिनद्वारा जाँच, ल्याब सम्बन्धी विशेष जाँचहरू (थाईरोईड जाँच, भिटामिन, कल्चर, आदि), सदाबहार शान्त वातावरण समेत अस्पतालमा उपलब्ध छन् । साथै अस्पतालको संरचना समेत व्यवस्थित रहेको उनले बताए ।
अस्पताल रामेछाप नगरपालिका वडा नं. ८ मा रहेकोले रामेछाप नगरको दायित्व धेरै हुने भएको हुँदा अस्पतालका लागी एमडिजिपि डाक्टर सेवामा सहयोग, आँखा सेवा संचालनको लागी नगरपालिकाले सहयोग गरेको रामेछाप नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सन्तोष तामाङले बताए । उनले भने – हामीले नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारीहरूलाई अस्पतालको सेवा संचालनका लागी पठाएका छौँ । जिल्लाका ८ वटै पालिकाहरू मिलेर यस जिल्ला अस्पतालमा बिरामीहरूलाई सेवा लिने वातावरण मिलाउन अनुरोध छ । सामान्य सेवाका लागी जिल्ला बाहिर जाने गरेको पाइन्छ । उहाँहरूले बाहिर गएर खर्च समेत धेरै मात्रामा गर्नु भएको छ । यस अस्पतालमा विभिन्न सेवाहरू निःशुल्क उपलब्ध भएको हुँदा जिल्ला बासीहरूलाई सेवा लिन समेत अनुरोध छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

श्रीमान् सँगै बस्न पाउँ भन्दै ५ दिन देखि अनसनमा बिनु, प्रशासन भन्छ कुनै पहल गर्न सक्दिन

Next Post

डिप्लोमा इन्जिनियर्स रामेछापको अध्यक्ष बने होमबहादुर खड्का

Next Post
डिप्लोमा इन्जिनियर्स रामेछापको अध्यक्ष बने होमबहादुर खड्का

डिप्लोमा इन्जिनियर्स रामेछापको अध्यक्ष बने होमबहादुर खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.