Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै छोडेन प्रजिअलाई राणाशासन र राजतन्त्रको धङधङीले

Kumar Shrestha by Kumar Shrestha
January 27, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
अझै छोडेन प्रजिअलाई राणाशासन र राजतन्त्रको धङधङीले
140
SHARES
8.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । २०७९ चैत्र महिनामा रामेछापको प्रमुख जिल्ला अधिकारी बनेर जिल्ला आएकी प्रजिअ अनिता निरौलाले पत्रकार भेटघाट कार्यक्रम राखेर पत्रकारलाई कसरी पत्रकारिता गर्ने भन्ने सिकाएकी थिइन् । उनले पत्रकार भेटघाट कार्यक्रममा बोलाएर पत्रकारलाई पत्रकारिता पढाएकी थिइन् ।
त्यो बेला रामेछापका केही मिडियाले ’पत्रकार भेटघाटमै प्रजिअ निरौलाले सिकाइन् पत्रकारिता’ भन्ने खालका समाचार प्रकाशन गरे । तर पत्रकार महासंघ रामेछापले पहिलो पटक हो, मौका दिनु पर्छ भन्यो र सबै पत्रकारहरू मौन बसे ।
तर फेरि पनि प्रजिअ निरौलाले पत्रकारलाई पत्रकारिता सिकाउने दुस्साहस गरिन् । बिहीबार जिल्लाका पत्रकारहरूलाई आफ्नो कार्यकक्षमा डाकेकी (सिडिओ) निरौलाले आफूहरूले विधि र कानुन अनुसार गर्न मिल्ने सबै गरेको भए पनि सञ्चारमाध्यमले प्रशासनले केही गर्न सकेन । पाल ओढाउन दिएन सम्म भनेर समाचार प्रकाशन गरिएको भन्दै पत्रकारमाथि आक्रोश पोखिन् । उनले भनिन्( तपाईँहरूले पत्रकारिता बुझेको छु, मैले सुरुमै सिकाएकी थिएँ त, के समाचार लेखेको ‘सिडिओले पाल ओढाउन दिइनन्’ ।
प्रजिअ निरौलाको अमर्यादित व्यवहार प्रति आपत्ति जनाउँदै शुक्रवार पत्रकार महासंघ रामेछापले जिल्ला भित्रका क्रियाशील पत्रकारहरूलाई आफ्नै कार्यकक्षमा डाकेर पत्रकारहरू माथि नै आक्रोशित र अमर्यादित व्यवहार गरेको भन्दै विज्ञप्ति निकाल्यो । महासंघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सिङ्गो पत्रकारिता माथि नै आँच पु¥याउने गतिविधि गरेकोमा आपत्ति जनायो।
विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ रामेछापले शुक्रवार ‘आफूले रामेछापमा कार्यभार सम्हाल्नासाथ समाचार लेख्न सिकाउँदा समेत सही समाचार सम्प्रेषण नगरेको कुराले आफूलाई दुखित बनाएको भन्ने जस्ता अभिव्यक्ति प्रति’ घोर भर्त्सना व्यक्त गर्दै यस प्रकारको विवादास्पद अभिव्यक्ति नदोहो¥याउन समेत चेतावनी दिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘आम सञ्चारकर्मी साथीहरूको आत्मसम्मानमा चोट पुग्नुका साथै स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ’ भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रजिअ निरौलाको कार्यकक्षमा पुग्दा लाग्छ हामी फेरी राणा शासनकालमा फर्किएका छौँ । बिहीबार गरिएको छलफलमा प्रजिअ निरौलाले भिडियो र अडियो समेत रेकर्ड नगर्न आदेश दिईन् ? पत्रकारले भिडियो अडियो रेकर्ड गर्न नहुने ? प्रजिअ निरौलालाई राणाशासन र राजतन्त्रको धङधङीले अझै नछोडेको हो ?

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

ग्राहकहरूको विश्वास जितेको बैक हो राष्ट्रिय वाणिज्य बैंक–नगरप्रमुख श्रेष्ठ

Next Post

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई , झारो टार्दै, पारदर्शीताकोे भ्रम फैलाउँदै

Next Post
मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई , झारो टार्दै, पारदर्शीताकोे भ्रम फैलाउँदै

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई , झारो टार्दै, पारदर्शीताकोे भ्रम फैलाउँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.