Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दङ्ग देवकुमारी

Kumar Shrestha by Kumar Shrestha
February 4, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
दङ्ग देवकुमारी
335
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी संस्थाले देवकुमारीलाई उत्कृष्ट बचतकर्ता भनेर सम्मान ग¥यो । सम्मानमा सहकारीले सम्मान पत्र होइन विद्युतीय चुलो दियो ।
त्यही विद्युतीय चुलो पाए पछि देवकुमारी खुसी भएकी हुन् । मन्थली नगरपालिका वडा नं. ४ निवासी देवकुमारीले अब खाना पकाउन सहज हुने बताइन् । उनले भनिन् – गाउँमा दाउरा बटुल्न जान पनि सक्दैन थिए । ग्यास किन्न पनि मन्थली बजारमै धाउन पथ्र्याे । अब यो दाउरा र ग्याँसको झमेलाबाट मुक्ति पाए मैले बुढेसकालमा । उमेरले ७५ काटिसकेकी देवकुमारीले खुसी हुँदै सहकारीलाई आशिष् दिइन् ।
त्यस्तै मन्थली नगरपालिका वडा नं. १२ की कान्छी तामाङ पनि खुसी छिन् । फरक क्षमता भएकी कान्छी तामाङलाई पनि सहकारीले विद्युतीय चुलो दियो । विद्युतीय चुलो पाए पछि उनले खुसी हुँदै भनिन् – फरक क्षमताका कारण दाउरा र ग्याँसको जोहोमा धेरै समस्या थियो । अब विद्युतीय चुलो भए पछि ती झन्झट सकिए । सहकारीमा आबद्ध भएर धेरै फाइदा भएको महसुस गरेकी छु ।
सहकारीले देवकुमारी खत्री र कान्छी तामाङलाई मात्रै खुसी पारेन । उनीहरू जस्तै ५४ जना सदस्यहरूलाई विद्युतीय चुलो दिएको छ सहकारीले । सहकारीले २५ जना उत्कृष्ट बचतकर्ता, ५ जना बाल सदस्य, ५ जना फरक क्षमता भएका, १३ जना सक्रिय बचतकर्ता र ६ जना उत्कृष्ट ऋणी सदस्यहरूलाई विद्युतीय चुलो दिएको हो । २७ औँ स्थापना दिवसको अवसर पारेर सहकारीले ती सदस्यहरूलाई विद्युतीय चुलो दिएको हो ।
वातावरणीय प्रदूषण र जलवायु परिवर्तनलाई रोक्न विशेष मद्दत पु¥याउने उद्देश्यले आफ्ना सदस्यहरूलाई विद्युतीय चुलोे दिइएको सहकारीका सचिव हिमाल ढुङ्गेलले बताए । ढुङ्गेलले भने – आगामी पाँच वर्ष भित्र सबै शेयर सदस्यहरूको घरमा विद्युतीय चुलो हुनेछ । ५ वर्ष भित्र हाम्रा सबै सदस्यहरूको घरमा विद्युतीय चुलोे पु¥याउने योजनाका साथ हामी अगाडी बढेका छौँ ।
आफूले विगत एक वर्षदेखि विद्युतीय चुलोे प्रयोग गर्दै आएको र यसबाट ग्याँस भन्दा फाइदा हुने अध्यक्ष गोविन्द घिमिरेले बताए । उनले भने – विद्युतीय चुलोे धुवाँ मुक्त, थोरै खर्चमा प्रयोग गर्न सकिने खालको छ । यो चुलो सुरक्षित समेत छ । विश्वमा दिन प्रतिदिन बढी रहेको जलवायु परिवर्तनलाई रोक्न यसले टेवा पुग्छ ।

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवस मनाउन प्रमुख अतिथिका रूपमा मन्थली आई पुगेका उनले साकोस अभियानमा अहिले देखिएका केही समस्या चुनौतीका रूपमा रहेको भएपनि सबैको साझा प्रयासबाट यसको सही व्यवस्थापन सम्भव भएको बताए।
कार्यक्रममा बोल्दै संघका कोषाध्यक्ष दीपक थापाले जिल्ला भित्रको पुँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरूको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। उनले सहकारी संस्थाले उद्देश्य अनुसारको मात्र काम गर्नु पर्नेमा जोड दिदैं उद्देश्य बाहिर गएर काम गर्दा अहिले केही सहकारी संस्थामा समस्या आएको बताए।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे , संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतका वक्ताहरूले संस्थाको गतिविधिका बारेमा आ आफ्नो धारणा राखेका थिए ।
आर्थिक वर्ष ०७९÷०८० मा एक अर्ब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँको कूल सम्पत्ति रहेको मन्थली बचतले सोही आर्थिक वर्षमा ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद नाफा कमाउन सफल भएको सहकारीका कोषाध्यक्ष टिका प्रसाद भट्टले बताए ।
रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक वर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवस मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम मन्थलीमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो २७ औँ स्थापना दिवस मनाएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन

Next Post

जातीय छुवाछूत अन्त्यका लागि गम्भीर हुन आयोगको सुझाव

Next Post
जातीय छुवाछूत अन्त्यका लागि गम्भीर हुन आयोगको सुझाव

जातीय छुवाछूत अन्त्यका लागि गम्भीर हुन आयोगको सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.