रामेछाप । नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) रामेछापको अध्यक्षमा हस्त बहादुर लामा चयन भएका छन । माघ २७ गते शनिबार सदरमुकाम मन्थलीमा भएको वार्षिक साधारण सभाबाट लामा अध्यक्ष बनेका हुन । उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिव बद्री अधिकारी, सहसचिव ऋषि कार्की र कोषाध्यक्षमा रमिता राय लामा सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन नेल्टा बागमती प्रदेशका अध्यक्ष रामेश्वर ठाकुरले गरेका थिए। कार्यक्रममा नेल्टा बागमती प्रदेशका सदस्य दीपक सिटौला, सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका प्रमुख डा.भरत कुमार श्रेष्ठ, मन्थली माध्यमिक विद्यालयका प्रधानध्यापक डा.टंक प्रसाद दहाल, तामाकोशी अंग्रेजी माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक कुमार खड्का लगाएतले शुभकामना मन्तब्य राखे ।
कार्यक्रममा बक्ताहरूले पेशागत वृद्धि विकास सँगै अंग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा दिन आफुहरूले प्रभावकारी भूमिका खेल्ने वताएका थिए ।