Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल

जनता भ्वाइस by जनता भ्वाइस
February 12, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार, स्वास्थ्य
0
बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल
653
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । हामी धेरैलाई थाहा छ एम्बुलेन्सले बिरामी बोक्छ । तपाई हामी बिरामी हुँदा कैयौँ पटक एम्बुलेन्समा चढेर अस्पताल पनि गएका छौँ । तर रामेछापको एउटा एम्बुलेन्सले बिरामी मात्रै बोक्दैन । उक्त एम्बुलेन्सले खाद्यान्नको सामग्री बोकेको फेला परेको छ । मालवाहक सवारी साधनले बोक्नुपर्ने सामान एम्बुलेन्सले बोकेको पाइएपछि चौतर्फी आलोचना भएको छ ।
रामेछाप नगरपालिका ८ मा रहेको मालगिरी विकास केन्द्रद्वारा संचालित प्रदेश नं ३–०१–०२४ घ १७७६ नम्बरको एम्बुलेन्सले दैनिक बिरामी बोक्न छोडेर खाद्यान्न बोक्ने गरेको पाइएको हो । एक प्रत्यक्षदर्शीका अनुसार एम्बुलेन्सले दैनिक मन्थलीका विभिन्न पसलहरूबाट खाद्यान्न लोड गरेर लैजाने गरेको छ । सो एम्बुलेन्समा बिरामी कम खाद्यान्न धेरै चढ्ने गरेको उनले बताए ।
पछिल्लो पटक मन्थली भैशेश्वर स्थित श्याम स्टोरबाट एम्बुलेन्समा राखेर सामान लगेको बताउँदै स्टोरका संचालीकाले सो विषयमा थप बोल्न चाहिनन् । रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले एम्बुलेन्सले खाद्यान्न बोक्न नपाउने बताए । उनले भने,“एम्बुलेन्सले बिरामी बाहेक सन्चो मान्छे समेत बोक्न पाउँदैन । एम्बुलेन्सले बिरामी बाहेक अरू केही बोक्न कानूनत गलत हो, त्यसको सम्बन्धित निकायमा खबर गरेमा तत्काल कारबाही हुन्छ ।”
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आफूलाई उक्त विषयमा कुनै जानकारी नरहेको बताइन् । उनले यस विषयमा आफूले बुझेर अनुसन्धान गर्ने बताइन् । उनले भनिन,“एम्बुलेन्सले त्यस्तो गतिविधि गर्न पाइदैन् ।”

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी

Next Post

नेल्टा रामेछापको अध्यक्षमा हस्त लामा चयन

Next Post
नेल्टा रामेछापको अध्यक्षमा हस्त लामा चयन

नेल्टा रामेछापको अध्यक्षमा हस्त लामा चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.