Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली–रामेछाप सडक – खोलाको गेगर, पाँगो माटो मिसिएको बालुवा प्रयोग

जनता भ्वाईस by जनता भ्वाईस
February 13, 2024
in जनता स्पेसल, समाचार
0
मन्थली–रामेछाप सडक – खोलाको गेगर,  पाँगो माटो मिसिएको बालुवा प्रयोग
1.4k
SHARES
10k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।
शंकर–सिम्रन–प्रथमा जे.भि.ले यती बेला मन्थली–रामेछाप सडक खण्डमा नाला मर्मत गर्ने, मेसिनरी वाल लगाउने लगायतको काम सुरु गरेको छ । निर्माण कम्पनीले नाला बनाउँदा खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दे आएको छ । निर्माण कम्पनीले लगाएको मेसिनरी वालमा क्युरिङ समेत नगरेको पाइएको छ ।
काम सके पछि ठेकेदार तथा अरु कामदार फर्केर पनि नआएको र नाला मर्मतमा पानी १ पटक पनि नहालेको स्थानीय पुष्कर घिमिरेले बताए । उनले भने – ढलान तथा मेसिनरी वाल लगाए पछि त्यसमा पानी हाल्नु पर्ने हो । तर ठेकेदारले पानी एक पटक पनि हालेको छैन । सोलिङ गर्दा प्रयोग गरिने ढुंगा गुणस्तरको छैन । बालुवा पनि खोलाको गेगर, कोसीको पाँगो माटो भएको प्रयोग गरेको छ । ठेकेदारले अनुभवी कामदार प्रयोग गरेको छैन । ठेकेदारले जसरी हुन्छ काम चाँडो सकेर पैसा पचाउने सोच मात्र राखेको देखिन्छ ।
ठेकेदारले गुणस्तरहीन काम गरी नागरिकको आँखामा छारो हाल्न खोजेको स्थानीय एवम् प्राविधिक ध्रुव बुढाथोकी थप्छन् । उनी भन्छन् – बालुवा पनि माटो र गेगर मिसिएको छ । क्रसरको बालुवा प्रयोग गर्नुपर्ने हो ठेकेदार कम्पनीले । ठेकेदारले जे गरेनी हुन्छ भन्ने मानसिकताले काम गुणस्तरहीन भएको छ ।
बालुवा क्रसरबाट ल्याएर प्रयोग गरेको सुपरभाइजर शंकर कार्की बताउँछन् । मेसिनरीवालमा पानी पनि नियमित हाल्ने गरेको कार्कीको भनाई छ । तर खुल्ला आँखाले प्रष्ट देखिने कुरा के हो भने त्यहाँ प्रयोग गरेको बालुवा क्रसरको जस्तो कदापि देखिँदैन । र ठेकेदार कम्पनीले लगाएको मेसिनरीवाल सुकेर अख्रक्क परेको देखिन्छ ।
यता निर्माण व्यवसायीका प्रतिनिधि समेत आफूले राम्रो सामान प्रयोग गरेको बताउँछन् ।
सडक मर्मतमा गुणस्तरहीन सामान प्रयोग गरिएको पाइएमा अनुगमन गरेर विलमा कटाउने सडक डिभिजन कार्यालयका इन्जिनियर प्रदीप तामाङ बताउँछन् ।
प्राविधिक ज्ञान नभएको व्यक्तिले समेत कमसल देख्ने सामानलाई निर्माण व्यवसायीले गुणस्तरयुक्त देख्दा नागरिकले पत्याइदिनु पर्ने हो भने फरक कुरा हो ।होइन भने निर्माण व्यवसायीले देखादेखी कालोलाई सेतो भनेर जोगिन खोज्नु कदापि पाउँदैन ।
मन्थली रामेछाप सडक मर्मत अन्तर्गत करिब १२.८ किलोमिटरमा ओभर ले हुँदै छ । शंकर–सिम्रन–प्रथमा जे. भि.ले करिब ३ करोडमा ठेक्का पारेको हो । २०८१ जेठ मसान्तमा सकिनु पर्ने कामको प्रगति भने १० प्रतिशत मात्रै छ ।

Author

  • जनता भ्वाईस
    जनता भ्वाईस

    View all posts
Previous Post

इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

Next Post

रामेछापको ल्याङ्गल्याङ्गको च्युरीबोटमा टयाक्टर दुर्घटना, एकको मृत्यु,दुई घाइते

Next Post
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

रामेछापको ल्याङ्गल्याङ्गको च्युरीबोटमा टयाक्टर दुर्घटना, एकको मृत्यु,दुई घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.