Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

जनता भ्वाईस by जनता भ्वाईस
February 13, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन
152
SHARES
5.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लामा उपमेयर्स फोरम गठन भएको छ । स्थानीय तहहरुका उप-प्रमुख तथा उपाध्यक्षहरुले मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन गरेका हुन् ।
मन्थली नगरपालिकामा भएकाे न्यायीक समितीको अन्तरपालिका स्तरीय बैठकमा मबस्नेतको संयोजकत्व ८ सदस्यीय समिति गठन गरेकाे छ ।
फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चयन भएकी छिन् । फोरमको सदस्यहरुमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ठ, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका हुन् ।

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर फोरम गठन गरेको हो । फाेरम गठन पश्चात ‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता बिषयगत समितीका कामहरुमा अन्य स्थानीय तहबाट अनुभवहरु बटुल्न सहज हुने मन्थली नगरपालिका उपप्रमुख एंवम् फोरमका संयोजक बस्नेतले बताइन् ।

उपमेयर्स फोरम गठन भएपश्चात पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितीका भुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग हुने कुरा द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धबप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायीक समितीकाे सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीताका बारेमा प्रस्तुती गरेका थिए । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायीक समितीलाइ प्रकृयागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न न्यायीक समितीलाइ सहयोग पुग्ने बताए ।

त्यसैगरी कार्यक्रममा सहभागीले स्थानीय तहमा छलफल गर्नुपर्ने र स्पष्ट हुनु पर्ने धेरै बिषयहरू रहेका छन्,जुन सवालहरूमा एकरूपता र समाधान खोज्नका लागि यो फोरम सहयोगी हुन सक्ने बताएका छन् ।

Author

  • जनता भ्वाईस
    जनता भ्वाईस

    View all posts
Previous Post

टुङ्गो लाग्यो महासमिति

Next Post

मन्थली–रामेछाप सडक – खोलाको गेगर, पाँगो माटो मिसिएको बालुवा प्रयोग

Next Post
मन्थली–रामेछाप सडक – खोलाको गेगर,  पाँगो माटो मिसिएको बालुवा प्रयोग

मन्थली–रामेछाप सडक - खोलाको गेगर, पाँगो माटो मिसिएको बालुवा प्रयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.