मिलन बि.क रामेछाप । असार
जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीहरुको स्वास्थ्यलाई ध्यामा राखेर औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । मन्थली नगरपालिका र तामाकोशी सहकारी अस्पतालको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले सुरु गरेको औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवाको सोमबार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले ब्यानर पढेर उद्घाटन गरेका छन् ।
प्रशासनमा सेवा लिन आउँने सेवाग्राहीहरुको प्रत्येक हप्ताको सोमबार निशुल्क औषधी सहित स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काले जिल्ला प्रशासन कार्यालयले सुरु गरेको औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा अत्यावश्यक रहेको बताए । उनले जिल्लाको ८ वटै स्थानीय तहबाट प्रशासनिक सेवा लिन आउँने सर्वसाधारणहरुलाई यो सुवा सुरु भएसंगै ठुलो राहात भएको बताए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला प्रशासन कार्यालयबाट औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा संचालनका लागि नगरपालिकाले औषधी सहयोग गरेको बताए । उनले यो सेवालाई निरन्तरताका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
नागरिकहरुलाई सर्वसुलभ ढंगले प्रभावकारी स्वास्थ्य सेवा प्रवाहा गर्नका लागि नगरपालिकाले कुनै कसुर बाकी नराख्ने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले मन्थली नगरपालिका र तामाकोशी सहकारी अस्पतालको सहयोगमा औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बताइन् । प्रमुख जिल्ला अधिकारी केसीले दैनिक २ सय सेवाग्राही प्रशासनिक सेवा लिन आउँने भन्दै बार्षिक एक लाखा सेवाग्राहीलाई औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ , तामाकोशी सहकारी अस्पतालका अध्यक्ष गोविन्द घिमिरे , पत्रकार महासंघ ३ नम्बर प्रदेशका सदस्य बद्री नयाघरे लगाएतले जिल्ला प्रशासनबाट औषधी सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु हुनु निकै राम्रो कुरा भएको बताउँदै यसको निरन्तरताका लागि लाग्न सरोकारवाला निकायलाई अग्रह गरे । २ नगरपालिकार ६ गाउँपालिकाका नागरिकहरु प्रशासनिक सेवा लिन जिल्ला प्रशासन कार्यालय आउँने गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङकलाई हेर्दा अहिले दैनिक २ सय जना सेवाग्राहीहरुले जिल्ला प्रशासनबाट सेवा लिने गरेका छन्