Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पालिकाले दिने सुविधाबाट विद्यालयमा अक्षयकोष

Kumar Shrestha by Kumar Shrestha
February 28, 2024
in ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
पालिकाले दिने  सुविधाबाट विद्यालयमा अक्षयकोष
358
SHARES
6.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट २ लाखको अक्षयकोष गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गरे ।
गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले पूर्णबहादुर खड्का अक्षय कोषको घोषणा गरेका हुन् । उनले घोषणा गरेको कोषकालागी कबोल गरेको रकम समेत चेक मार्फत हस्तान्तरण गरेका छन् । उनले भावी दिनमा यो कोषलाई अझै मजबुत बनाउँदै जाने समेत उद्घोष गरे ।
आफ्ना बुबाले सुरु गरेको विद्यालय भएकै कारणले आफू पढेको विद्यालय भन्दा बढी मायाले आफ्ना स्वर्गीय बुबाको सम्मानका लागी यो अक्षयकोष स्थापना गरेको अध्यक्ष खड्काले बताए । खड्काले भने – मैले गोकुलगंगा गाउँपालिकाको अध्यक्ष भएर हेर्दा पालिका भरिका सबै विद्यालयलाई समान ढंगको व्यवहार गर्न पर्छ । तर पनि गोकुलगंगा माध्यमिक विद्यालयसँग मेरो बुबा जोडिनु भएकोले यस विद्यालयलाई विशेष रूपले हेर्नेछु र व्यक्तिगत सहयोग गर्न कुनै कसर छाड्दिन ।
खड्काले विगतलाई स्मरण गर्दै भने – गोकुलगंगा माध्यमिक विद्यालय सुरुवात हुँदा ३ वर्ष सम्म कुनै सेवा सुविधा नलिई हाम्रो बुबाले शिक्षकका रूपमा सेवा गर्नु भएको सुनाउनु भएको थियो । बुबाले भन्नु भएको कुरा अनुसार गोकुलगंगा मावि ३१ साल अगावै स्थापना भएको हो ।
शिक्षा नै देशको नर्सरी भएको कारणले आफूले निजी तरिकाले होस् या पालिकाको तर्फबाट शिक्षालाई गुणस्तरीय बनाउने विशेष योजनाका साथ अघि बढेको समेत खड्काले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकार महासंघलाई फोनिजको ७ दिनको अल्टिमेटम

Next Post

गोकुलगंगा माविले मनायो स्वर्ण जयन्ती

Next Post
गोकुलगंगा माविले मनायो स्वर्ण जयन्ती

गोकुलगंगा माविले मनायो स्वर्ण जयन्ती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.