रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठ कायम गर्न ७ दिनको अल्टिमेटम दिएको छ ।महासंघलाई फोनिजले मंगलवार ७ दिने अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएको हो ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ तथा फोनिजका अन्य सदस्यहरूसहितको टोलीले नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्ष बद्री नयाँघरेलाइ अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएका हुन ।
अल्टिमेटम पत्रमा श्रेष्ठलाई महासंघको संस्थापकमा ७ दिन भित्र कायम नगरे महासंघमा ताला लगाउने देखि विभिन्न संघर्षका कार्यक्रम गर्ने फोनिजले जनाएको छ ।
स्मरण पत्र बुझ्दै महासंघ रामेछापका अध्यक्ष नयाँघरेले फोनिजको स्मरण पत्रलाइ केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताए । नयाँघरेले फोनिजको मुद्दालाई सम्बोधन गर्न सहज वातावरण तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।