Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘प्रचण्ड धोकेबाज हुन्’-काँग्रेस नेता राणा

Kumar Shrestha by Kumar Shrestha
March 15, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
‘प्रचण्ड धोकेबाज हुन्’-काँग्रेस नेता राणा
487
SHARES
9.9k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बहानाका लागि बहाना बनाएर गठबन्धन तोडेको काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शमशेर राणाले बताए। प्रधानमन्त्री दाहालले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएका थिए । काँग्रेसले विवादित मन्त्रीहरू परिवर्तन गर्न खोजेको पनि थियो । तर उनले एक्कासि गठबन्धन टुटाए– राणाले भने ।
उनले भने –अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् । जो नागरिकता देखी सहकारी ठगी सम्मको मुद्दामा विवादित छन् । उनलाई ल्याएर गृह मन्त्रालय दिएको छ, राणाले भने।
प्रधानमन्त्रीले काँग्रेसलाई मात्र नभएर आफ्नै पार्टीको नेता तथा कार्यकर्तालाई धोका दिएका छन् । आम नेपाली नागरिकलाई धोका दिएका छन् । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलनमा बोल्दै नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता राणाले नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड धोकेबाज भएको बताए ।
प्रधानमन्त्री दाहालले गठबन्धन टुट्नु पार्टीको स्वतन्त्रता भएको संसद् भवनमा बताए । तर उनले निष्ठा र विश्वास गुमाए । नेता हिजो आम नागरिकलाई भोट माग्ने क्रममा गरेको प्रतिबद्धता उनले अब के गर्छन् ? मैले उनको कार्यकर्तालाई के भन्ने ? तपाईँको नेताले धोका दियो भन्ने ?, नेता राणाले भने ।
निर्वाचनमा एक अर्कालाई भोट दिएर निर्वाचित भएको प्रधानमन्त्री प्रचण्डले भुलेका छन् । प्रधानमन्त्री प्रचण्डलेको झुटको खेती लामो समय सम्म टिक्दैन । उनको झुटको खेतीका कारण गठबन्धन गरेर चुनाव लडेको बेलाको वाचाले समस्या बनायो, राणाले भने ।
गठबन्धन जे सुकै भए पनि आफूले गरेको वाचा पुरा गर्ने सांसद तथा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ( कान्छाराम) ले बताए । उनले भने – हामीले काम गरेर देखाउनु छ, रामेछापको नागरिकको मन जित्नु छ । साथै कान्छारामले काँग्रेस एकजुट भएर विकासको संवाहक बन्न पर्ने बताए ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले छिट्टै तरुण दलको अधिवेशन हुने बताए । उनले भने – लामो समय तरुण दलको अधिवेशन नहुँदा धेरै तरुण युवाहरूले नेतृत्वमा आउने र क्षमता प्रदर्शन गर्ने मौका पाउनु भएको छैन । हामी यो मौका छिट्टै दिनेछौँ ।
केन्द्रको गठबन्धन तोडियो भन्दै कसैलाई काखा कसैलाई पाखा गरेको थाहा पाए काँग्रेसको समेत भोट लिएर जितेका प्रदेश सांसदहरूलाई नछाड्ने तरुण दल रामेछापका अध्यक्ष एवम् गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले बताए । उनले भने– तरुण दलले हरेक तहको सरकारको काम हेर्छ, प्रगति हेर्छ, सुशासन हेर्छ । म एउटा स्थानीय तहको नेतृत्वमा छु । अरू साथीहरूले पनि त्यहाँ के भएको छ खबरदारी गर्न पाउनु हुनेछ ।
प्रथम तरुण सम्मेलनमा नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, जिल्ला समन्वय प्रमुख चिना कार्की, नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमिति सचिव दीपक खड्का र विनोद कार्की, उपाध्यक्ष लेख बहादुर कार्की र नवराज थोकर, बागमती प्रदेश सदस्य अर्जुन के सी , पूर्व सभापति लवश्री न्यौपाने, रामचन्द्र खड्का लगायतले मन्तव्य राखे ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

Next Post

टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

Next Post
टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.